Comments Add Comment

प्रधानमन्त्री र राजस्थानका पूर्वमुख्यमन्त्रीबीच भेटवार्ता

३० साउन, काठमाडौं । प्रधानमन्त्री सुशील कोइराला र भारतको राजस्थान राज्यका पूर्वमुख्यमन्त्री अशोकसिंह गेलेटवीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्री कोइरालाले राजस्थानको विकास मोडलको बारेमा चासो राखेका थिए । भेटमा मुख्यमन्त्री गेलेटले गान्धीवादी नेता कोइरालाको कार्यकालमा नै नयाँ संविधान जारी हुनुपर्ने बताएका थिए ।

भेटमा उनीहरुवीच दुई देशवीचको सम्बन्ध, नयाँ संविधान लेखन लगायतका विषयमा कुराकानी भएको थियो । गेलेटले प्रधानमन्त्री कोइरालाको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिँदै स्वास्थ्य लाभको कामना समेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment