Comments Add Comment

पहिरोमा पुरिएर रुकुममा तीन जनाको मृत्यु

३० साउन, रुकुम । अबरिल वर्षासँगै आएको पहिरोमा पुरिएर रुकुममा तीन जनाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् ।

रुकुमको चुन्वाङ्ग-८ सिन्चौरमा नन्दराम घर्तीको घर पहिरोले पुरिँदा उनका सात बर्षीय छोरा विजय घर्ती र १० वर्षीया छोरी विमला घर्तीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरोमा परी १४ वर्षीय पूणिर्मा घर्ती र पाहुना आएका ६ वर्षीय कमला मल्ल घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रमुखका प्रहरी नायव उपरीक्षक गौतमराज कट्टेलले जानकारी दिए ।

यसैगरी स्यालापाखा-१ वतासेडाँडामा पहिरोले हिरालाल वस्यालको घर पुरिँदा उनका १० वर्षीया छोरी कल्पना वस्यालको मृत्यु भएको छ । राती करिव १ वजेतिर पहिरोले घर पुरिँएको थियो । पहिरोमा परी घाइते भएका ५ वर्षीय छोरा प्रकाश वस्याल घाइते भएका छन् ।

-गणेश वि.क.को सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment