Comments Add Comment

प्रहरी अधिकारीविरुद्ध चरीका आफन्त सर्वोच्चमा

३० साउन, काठमाडौं । काठमाडौंको भीमढुंगामा गत बुधवार प्रहरी मुठभेडमा मारिएका डन दिनेश अधिकारी चरीका आफन्तले चार प्रहरी अधिकृतविरुद्ध हत्या अभियोगमा रिट दायर गरेका छन् ।

चरीको षडयन्त्रपूर्वक हत्या गरिएको र प्रहरीले किटानी जाहेरी लिन नमानेको भन्दै चरीका दाजु ध्रुव अधिकारीले अदालत गुहारेका हुन् । रिटमा घटनामा संलगन कारावाही र महानगरीय प्रहरी परिसर हनुमानढोकालाई किटानी जाहेरी लिन परमादेश माग गरिएको छ ।

प्रहरीले जाहेरी लिन नमानेमा सर्बोच्च अदालत वा पुनरावेदन अदालतमा परमादेशका लागि रिट दिने संवैधानिक अधिकारको उपयोग गरिएको अधिकारीले बताए ।

रिट निवेदनमा नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखा प्रमुख एसएसपी पुष्कर कार्की, महानगरीय प्रहरी परिसर हनुमानढोकाका प्रमुख एसएसपी उत्तम कार्की, अपराध महाशाखाकै डिएसपी मीरा चौधरी, इन्सपेक्टर कुमुद ढुंगेल र दिनेशका साथी भनिएका अर्पण कोइरालालाई विपक्षी बनाइएको छ ।

चरीलाई पक्राउ गरी हत्या गरिएको र प्रहरीले षड्यन्त्रपूर्वक मुठभेडमा मारिएको भनी आफूहरुमाथि अन्याय गरेर किटानी जाहेरी समेत नलिएकाले न्याय माग्दै रिट दायर गरिएको चरीका दाई ध्रुव अधिकारीले अनलाइनखबरलाई जानकारी दिए । रिटको पहिलो पेशी सोमवार तोकिएको छ ।

कुमुद र अर्पणलाई पनि विपक्षी बनाउनुको कारण खुलाउँदै अधिकारीले भने-‘मेरो भाइको हत्याका प्रमुख सूत्रधारनै तिनीहरु दुइजना हुन्, चरीकी प्रेमिका खुश्बु ओलीलाई नपाएपछि उनीहरुले षडयन्त्रपूर्वक हत्या गरेका हुन ।’ रिट दायर गर्ने बेलामा खुश्बु पनि अदालत गएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment