Comments Add Comment

दुई लाख ९१ हजार पर्यटकद्धारा भक्तपुर भ्रमण

Bhaktapur_Durbar_Square
३० साउन, भक्तपुर । ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको भक्तपुर नगरपालिका आउने विदेशी पर्यटकको सङ्ख्या आर्थिक वर्ष २०७०/७१ मा १२ दशमलव ६४ प्रतिशतले वृद्धि भएको छ ।

आर्थिक वर्ष २०७०/७१ मा कुल दुई लाख ९० हजार ८९१ जना विदेशी पर्यटकले भक्तपुरको भ्रमण गरेको पर्यटक सूचना केन्द्रका प्रमुख गौतमप्रसाद लासिवाले जानकारी दिए ।

आर्थिक वर्ष २०६९/७० मा भने दुई लाख ५८ हजार २४४ जना पर्यटकले भक्तपुर नगरको भ्रमण गरेकामा आर्थिक वर्ष २०७०/०७१ भने कुल ३२ हजार ६४७ जना पर्यटक वृद्धि भएको देखिएको छ ।

उनका अनुसार आव २०५०/०५१ देखि हालसम्मकै पर्यटकको आवागमनको सङ्ख्यामा यो उच्च हो ।

भक्तपुर नगरपालिकाको सम्पदा अवलोकनका लागि आउने विभिन्न देशका पर्यटकसँग मात्र कुल रु १९ करोड ६७ लाख ६२ हजार ९०० र एक लाख ५५ हजार ३४० डलर उठाइएको लासिवाले जानकारी दिए ।

यस वर्ष सार्क राष्ट्र र चीनबाट भित्रिने पर्यटक एक लाख ३६ हजार ९९६ रहेका छन् भने अन्य राष्ट्रबाट नेपाल भित्रिने पर्यटक एक लाख ५३ हजार ८९५ रहेका छन् ।

सबैभन्दा बढी जेठ महिनामा १७ हजार ५१४ पर्यटकको आगमन भएको थियो । अन्य राष्ट्रबाट कात्तिक महिनामा २५ हजार ९७० पर्यटक भक्तपुर नगरपालिका भित्रिएको पर्यटन सूचना केन्द्रका अधिकृत दामोदर सुवालले जानकारी दिए ।

उनका अनुसार गत वर्ष पर्यटकको आवागमनबाट रु १६ करोड ६१ लाख १७ हजार र एक लाख तीन हजार ७१० डलर आम्दानी भएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment