Comments Add Comment

सशस्त्र प्रहरीद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड ८८ लाख प्रदान

३० साउन,काठमाडौं । सशस्त्र प्रहरी बलले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १ करोड ८८ लाख ७१ हजार ५ सय ७३ रुपैयाँ सहयोग गरेको छ ।

सहयोग रकमको चेक सशस्त्र प्रहरी बलका महानिरीक्षक कोषराज वन्तले प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरेका छन् ।

प्रधानमन्त्री कोइरालाले सशस्त्र प्रहरीका तर्फबाट प्राप्त सहयोगको सराहना गरेका छन् । प्रधानमन्त्री कोइरालाले सबै सुरक्षा निकाय, स्थानीय प्रशासन र स्थानीय संघ संस्थाको समन्वयमा उद्धार राहत र पुनःस्थापनाको काम गरिएको बताए । उनले भने-‘तत्काल उद्धारका लागि हेलिकोप्टर तयार पारेर राखिएको छ ।’

सशस्त्र प्रहरी बलका प्रहरी महानिरीक्षक वन्तलेसशस्त्र प्रहरीबलका विभिन्न दर्जाका करीब ३५ हजार भन्दा बढी राष्ट्र सेवकहरुको पारिश्रमिकबाट रकम संकलन गरिएको बताए ।

उनका अनुसार सहयोग रकम आइजी, एआजी, डिआइजीको ५ दिनको पारिश्रमिक, एसएसपी र एसपीको ३ दिनको, डिएसपी र इन्स्पेक्टरको २ दिन र अन्य दर्जाका प्रहरीको १ दिनको तलब रकम कट्टा गरी संकलन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment