+
+
Shares

फैलियो दुर्गम गाउँमा इन्टरनेट सेवा

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन ३१ गते १०:४३

३१ साउन, काठमाडौं । ‘हातहातमा मोबाइल घरघरमा इन्टरनेट’ भन्ने नारा दुर्गम गाउँमा कार्यान्वयनमा आउन थालेको छ । पछिल्लो समयमा सञ्चारको विकाससँगै कालीकोटका दुर्गम गाउँमा इन्टरनेटको पहुँच बढ्न थालेको छ ।

इन्टरनेट सेवा के हो र कस्तो हुन्छ भन्ने लागेका स्थानीय बासिन्दालाई सहजै इन्टरनेटबाट खबर बुझ्न र केही महत्वपूर्ण जानकारीका लागि सजिलो माध्यम बनेको छ ।

Internet-finalकालीकोटको रास्कोटमा फोटो स्टुडियो तथा इलोक्ट्रोनिक व्यापार गर्दै आएका गणेशविक्रम शाहीले इन्टरनेटमार्फत लामो समयको अन्तरालमा गर्न सकिने काम आˆनै गाउँघरमा भनेको समयमा हुने भएका कारण समुदाय खुसी हुन थालेका छन् ।

स्काइ प्रोको माध्यमबाट नेट सेवा दिँदा खर्चिलो र भनेको समयमा काम नगर्ने भए पनि सञ्चार सुविधा दिनुपर्छ भन्ने मान्यताका कारण आफूले सेवा दिँदै आएको शाहीको भनाइ छ । गाउँमा कसैको आवश्यक कागजात पठाउनुपरेमा एक दिनको बाटो हिँडेर जानुपर्नेमा गाउँमै सेवा दिन पाउँदा आफू सन्तुष्ट रहेको उनले बताए ।

कालीकोटका गाउँमा पछिल्लो समयमा मोबाइलबाट इन्टरनेट सञ्चालन हुन थालेपछि कहाँ के भयो भन्नेबारेमा समयमा जानकारी हुने गरेको स्युनाका धनबहादुर फडेराले बताए ।

उनका अनुसार गाउँमा देश विदेशको खबर बुझ्ने एकमात्र सञ्चारमाध्यम रेडियो पहिले दिनको चार पाँच पटक समाचार दिने गरेको भए पनि विद्युत् बिग्रेपछि बिहान र साँझमात्र खबर बुझ्न पाइने अवस्थामा इन्टरनेट सेवाले धेरै सहज, छिटो छरितो बनाएको छ ।

जिल्ला सदरमुकाममा मात्र होइन गाउँमा सञ्चार छिटो हुने गरेको स्थानीय शिक्षक अमर शाहीले बताए । पहिले पहिले सहरमा जाँदा फेसबुकबाट कुराकानी हुन्छ भन्ने सुन्दा आफूलाई अचम्म लाग्थ्यो वास्तविक रुपमा आफैँ फेसबुकमा रमाउन पाउँदा गौरवको महसुस हुने गरेको शाहीको भनाइ छ ।

सञ्चारको विकाससँगै पत्रकारलाई रिर्पाेटिङ गर्न पनि त्यतिकै सजिलो भएको नेपाल पत्रकार महासङ्घ कालीकोटको सचिव रत्न कार्की बताउँछन् ।

अहिले दुर्गम गाउँका समुदाय फेसबुकमार्फत छोराछोरीले मलेसियामा रहेका आफन्तसँग सहजै कुरा गर्न पाउनु, कस्तो छ स्वयम् अनुहार हेर्न पाउनु राम्रो भएको कार्कीको भनाइ रहेको छ ।

कालीकोटका सञ्चारमाध्यम रेडियोदेखि पत्रपत्रिकाले समेत विभिन्न अनलाइनबाट समाचार साभार गरेर जनतालाई सुसूचित गराउनुले इन्टरनेटको प्रभाव बढेको बताइएको छ । अहिले कालीकोटमा सञ्चारको पहुँच पुगेकाले नेट प्रयोगकर्ता पहिलेको तुलनामा हृवात्तै बढेको जिल्ला दूरसञ्चार कार्यालयले जनाएको छ ।

कालीकोटका ३० गाविसमध्ये २५ वटा गाविसका स्थानीयवासी इन्टरनेटको पहुँचमा रहेको दूरसञ्चार कार्यालय कालीकोटका प्राविधिक प्रेमबहादुर विष्टले बताए । उनका अनुसार सदरमुकाममा एडिएसएलमार्फत इन्टरनेटको सेवा लिए पनि गाउँमा स्काइ प्रो सहज हुने गरेको बताउँदै विद्युत् नभएका बेला समस्या आए पनि सोलार माध्यमबाट इन्टरनेट सेवा पाएको तर सेवाग्राही ढुक्कका साथ चलाउनमा कठिनाइ भएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?