काठमाडौ । श्रीकृष्ण श्रेष्ठको अन्तिम फिल्म ‘कोहिनुर’ले ब्यापारमा ऐतिहासिक रेकर्ड कायम गर्ने सम्भावना बढेको छ । शनिवार (एकैदिन) मुलुकभरको पर्दावाट एक करोड १२ लाख ब्यापार गरेको छ । शनिवार बेलुकासम्मको कुल ब्यापार तीन करोड भन्दा बढी छ ।
बितरक सुनिल मानन्धरको अनुभवमा नेपाली फिल्मले एकैदिन एक करोड १२ लाख ब्यापार गरेको यो पहिलो हो । ‘मैले फिल्मको ब्यापार सुरु गरेपछि एकैदिन यो अंकको ब्यापार पहिलो हो ।’ उनले भने । शनिवार सार्वजनिक विदा परेकाले मुलुकभरका सबै हल हाउसफुल भएको धारणा राख्ने मानन्धरले आईतवार पनि ब्यापारको मात्रै उस्तै हुने धारणा राखे ‘आईतवार कृष्णजन्माष्टमी परेकाले महिला दर्शक र केटाकेटीको उपस्थिती बढी हुने सम्भावना छ ।’ मानन्धरले भने ।
आकाश अधिकारी निर्देशित कोहिनुर फिल्म राम्रो हुनुको साथै श्रीकृष्ण र श्वेताको क्रेजको कारण पनि बढी चलेको चलचित्रकर्मीको अनुमान छ । यस चलचचित्रमा श्रीकृष्ण र श्वेताले मुख्य भुमिका निर्वाह गरेका छन् भने चेलीबेटी बेचविखनको विषय उठाइएको छ । ‘दर्शक हलमा ओईरिनुको मुल कारण फिल्मको गुणस्तर र श्रीकृष्ण, श्वेताप्रतिको क्रेज नै हो ।’ निर्देशक अधिकारीले भने ।

पारिवारिक फिल्ममा निकै रुचाईएका श्रीकृष्णका हरेक फिल्ममा महिला दर्शकको उपस्थिती बाक्लो हुन्थ्यो । यसपाली पनि त्यहि भएको छ । गुण, गोपिकृष्ण मात्रै होईन मुलुक बाहिरका हलमा पनि महिला दर्शकको उपस्थिती अत्याधिक छ । श्रीकृष्ण आफुलाई मन पर्ने नायक भएकाले उनको फिल्म हेर्न आएको अधिकांश दर्शकको भनाई छ ।
फिल्म राम्रो चलेको खबर श्वेतालाई सुनाउन निर्देशक अधिकारी शनिवार म्हेपी पुगेका थिए । खबर सुनेर श्वेता खुसी हुन सकिनन् । आखाँवाट आँशु झारिन् । पछिल्लो समय नेपाली फिल्मको ब्यापार कमजोर भएको बेला केही निर्माता कोहिनुरको ब्यापार देखेर उत्साही भएका छन् । वितरक मानन्धर कोहिनुरको ब्यापारवाट उत्साहित नहुन आग्रह गर्दै भन्छन ‘कोहिनुरको मुद्दा फरक छ यस फिल्मको ब्यापार बढ्दैमा अन्य फिल्मको पनि बढ्छ भन्ने छैन ।’

हरेक दिन फिल्म हलमा दर्शकको संख्या बढ्दै गएकाले अझै केही दिन फिल्म चल्नेमा निर्देशक एवं बितरक आशावादी छन् । फिल्म चलेको दोस्रो दिन दिल्ली स्थित गंगाराम अस्पतालमा श्रीकृष्णको निधन भएको थियो ।

प्रतिक्रिया 4