News Summary
Generated by OK AI. Editorially reviewed.- अखिल नेपाल टेबल टेनिस संघका उपाध्यक्ष सुमन खड्गीले पदबाट राजीनामा दिएका छन् ।
- उनले फेसबुकमा स्टाटस लेखेर सिद्धान्तगत आधारमा राजीनामा दिएको बताए ।
- खड्गीले गुटगत प्रभाव र अनौपचारिक अभ्यास बढ्दै गएको उल्लेख गरे ।
२४ चैत, काठमाडौं । अखिल नेपाल टेबल टेनिस संघका उपाध्यक्ष सुमन खड्गीले आफ्नो पदबाट राजीनामा दिएका छन् ।
उनले मंगलबार फेसबुकमा स्टाटस लेखेर राजीनामा दिएको जानकारी दिएका हुन् ।
स्टाटसमा उनले संस्थाभित्र बढ्दो सुशासन संकट, अपारदर्शिता र प्रक्रियागत कमजोरीप्रति असन्तुष्टि जनाउँदै सिद्धान्तगत आधारमा राजीनामा दिएको बताएका छन् ।
खड्गीले संस्थागत निर्णय प्रक्रिया पारदर्शी र सहभागितामूलक हुनुपर्नेमा गुटगत प्रभाव र अनौपचारिक अभ्यास बढ्दै गएको भन्दै त्यसप्रति मौन बस्न नसक्ने निष्कर्षमा पुगेको उल्लेख गरेका छन् ।
उनले संस्था व्यक्तिभन्दा माथि हुने विश्वास व्यक्त गर्दै सुधार सम्भव रहेको बताएका छन् ।
प्रतिक्रिया 4