Comments Add Comment

ढुङ्गाले लागेर गर्भवती महिलाको मृत्यु

१ भदौ, ताप्लेजुङ । जंगलबाट दाउराको भारी बोकेर घर फर्कने क्रममा भिरबाट खसेको ढुङ्गाले लागेर एक गर्भवती महिलाको ज्यान गएको छ । ताप्लेजुङको इखाबु-१ की २७ वर्षकी मनिता तामाङको शनिबार दिउँसो ३ बजेतिर ज्यान गएको हो ।

इखाबु र खेजेनिम गाविसको सिमामा पर्ने सिकैचा भन्ने ठाउँमा जेठानीसँग दाउराको भारी बोकेर फर्कने क्रममा एक्कासी भिरबाट खसेको ढुङ्गा तामाङको टाउकोमा लागेको थियो । उनको घटनास्थलमै ज्यान गएको रानी प्रावि इखाबु-१ का शिक्षक प्रेम खतिवडाले जानकारी दिए ।

उनी असोजको पहिलो साता सुत्केरी हुने नियमित चेकजाँचका क्रममा खटिएका डाक्टरले बताएको परिवारिक स्रोतले जनाएको छ । मृतकको एक पाँच वर्षका छोरा छन् ।
देवराज गुरुङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment