Comments Add Comment

मोतीपुरका ६८ घर बाढीपीडितको कथा (फोटोसहित)

Dang Flood Victimनिमुसंगम घर्ती

१ भदौ, दाङ । मध्यरातमा गाउँमा पसेको बाढीले सम्पत्ति भग्नावशेषमा परिणत गरिदिएपछि उरहरी-६ मोतीपुरकी बाढी पीडित आशा चौधरी अहिले एउटा म्याक्सी मात्रै लगाएर यताउति गरिरहेकी छन् ।

अकल्पनीय बाढीबाट आफ्नो र परिवारको ज्यान बचाए पनि उनले सम्पत्ति र लत्ताकपडा बचाउन सकिनन् । अब घर बनाउने पैसा कसरी जोहो गर्ने र फेरि त्यही स्थानमा घर बनाउँदा कति सुरक्षित हुने हो भन्ने चिन्ता लागेको छ उनलाई । आशा भन्छिन्-ज्यान जोगाउन सफल भयौं, अरु केही छैन । केही सामान बाढीले बगायो, केही घर भत्किँदा पुरिएका छन् ।

कुल ६८ घर पूर्णरुपमा भत्किएको मोतीपुरका पिडितहरु अहिले आफ्नो घरको भग्नावशेष खोज्दै बाढीले छोडेका अन्नपात हिलोबाट निकालेर धोईपखाली गर्दै छन् ।
तहस-नहस भएको गाउँमा अहिले सन्नाटा छाएको छ । दाङमा अहिले ४ सय घर परिवार भिजेको अन्नपात र लत्ताकपडा निकाल्न आ-आफ्ना घरहरु खोसि्रँदै छन् । चाउचाउ र चिउराको भरमा दिन काटिरहेका उनीहरु सरकारको सहयोगको आशामा छन् ।

Dang Floods Victim Collect Paddyविभिन्न संस्थाहरुले उपलब्ध गराएको चिउरा, चाउचाउ, भुजा र धमिलो पानी खाएर पीडितहरु बाढीले छोडेको सम्पत्ति खोज्न व्यस्त छन् । उनीहरु टुटेको गृहस्थी पुनः जोड्न प्रयाशरत छन् ।

 ‘सरकार तत्कालै उद्धारमा आउन नसके पनि दुई दिनपछि त आयो, तर एक थान चाउचाउका प्याकेट बाँडेर गयो’ पीडित खिदिया चौधरीले भनिन् । छिमेकीले दिएका पुराना फाटेका कपडा लगाएका पीडितहरु अब सोही स्थानमा घर बनाउँदा कति सुरक्षित होला भन्ने अलमलमा परेका छन् । ‘भोलि फेरि बाढी आए अवस्था यही हुने होला’ खिदियाले भनिन्- ‘घर बनाउने पैसाको जोहो कसरी गर्ने ?

Dang Flood Damage houseयसैवीच बाढीले घरगोठ भत्काएका ठाउँमा मरेका पशु चौपायाहरुका कारण दुर्गन्ध फैलन थालेको छ । बाढी गाउँमा पस्दा दाङमा करिब ४ सय घरधुरी नागरिकहरु घरबारविहीन भएका छन् । दाङको धर्ना गाविसदेखि दक्षिण-पश्चिम क्षेत्रमा पर्ने डुरुवा, फुलवारी, गोल्टाकुरी, उरहरी, धनौरी, श्रीगाउँ, पन्चकुले, पवननगर र पुरन्धारामा विभिन्न गाउँहरुमा बबई नदी पस्दा ४ सय घरहरु पूर्णरुपमा भत्किएपछि नागरिकहरु घरबारविहीन भएका हुन् ।

तीन दिनसम्म परेको वर्षाका कारण नदीमा बाढीको बहाव बढेसँगै गाउँमा पस्दा अहिलेसम्म ७ जनाको डुबेर, ४ जनाको घरमा च्यापिएर र दुईजनाको खोलामा बगेर मृत्यु भएको छ । ४ सय घरका झण्डै ३ हजार बढी नागरिक अहिले विद्यालय र आफन्तको घरमा आश्रय लिएर बसेका छन् ।

यसैवीच जिल्ला दैवी प्रकोप उद्धार समितिले मोतीपुरमा मृत्यु भएका खुसीराम चौधरी र उनकी श्रीमती हेलियाका छोरालाई ४० हजारका दरले ८० हजार नगद राहत दिएको छ । अन्य मृतकका परिवारहरुलाई पनि राहत दिइने र घर भत्किएकाहरुको हकमा ५ हजारका दरले राहत दिने प्रमुख जिल्ला अधिकारी दिनेश भट्टराईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment