Comments Add Comment

नुवाकोटको भैरवीको मन्दिरबाट मुर्ति चोरियो

कपिलदेव खनाल

१ भदौ, नुवाकोट । नुवाकोटको नुवाकोकाट मण्डलामा रहेको ऐतिहासिक धार्मिस्थल भैरवी देवी मन्दिरको मूख्य मूर्ति चोरिएको छ । भैरवी मन्दिरबाट गएराति भैरवीको मुर्ति, मुकुट, चन्दा बाकस ढोकामा लगाउन प्रयोग गरिने दुई वटा ताल्चा चोरी भएको हो ।

बत्ती नभएको समयमा ढोका खोलेर एक किलो तौलको भैरवी मन्दिरको मुर्ति, एक किलो तौलको चाँदीको किकिम्पा अर्थात भगवानको मुकुट चोरी भएको हो । यस्तै, मन्दिर अगाडी राखिएको चन्दा बाकस समेत हराएको छ ।

जेठमा खोलिएको बाकस त्यसपछि खोलिएको थिएन । यस्तै, भैरवी मन्दिरको ढोकामा लागाउन प्रयोग गरिने दुईवटा भोटे ताल्चा समेत हराएको छ । चोरले चन्दा बाकसलाई काटेर लगेको देखिएपनि मन्दिरमा पस्ने ताला भने काटेको नदेखिएको प्रहरीले जनाएको छ ।

मन्दिरमा भागवानका सामाग्री चोरिएको कुरा आइतबार विहान साढे पाँचबजेतिर स्थानीय रामबहादुर गुरुङले थाहा पाएपछि धामी हरिमानसिंह डंगोललाई खबर गरेका थिए । प्रहरी चौकी नुवकोट र धामीले मन्दिरमा चोरी भएको सामाग्री खोजीको लागि पूजा रोकिएको थियो । प्रहरी नायव उपरीक्षक विपिनकुमार कर्माचार्य गएर मन्दिर सञ्चालन गर्न समस्या नरहेको जनाएपछि  पूजा सुरु भएको थियो ।

घटनामा संलग्नको खोजी कार्य जारी रहेको जनाएपनि प्रहरीले अहिलेसम्म कसैलाई समाउन सकेको छैन् । पाँच वर्ष अगाडी देवीघाटमा रहेको जालपादेवी मन्दिरबाट पनि  हराएको मुर्ति अझै फेला परेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment