Comments Add Comment

सुनकोशी पहिरो पीडितलाई एमालेको राहत सहयोग

२ भदौ, काठमाडौं । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार सिन्धुपाल्चोकका पहिरो पीडितलाई एक लाख राहत सहयोग दिने घोषणा गरेको भोलिपल्ट नेकपा एमालेले एमालेले पहिरो पीडितलाई करिब ८ लाख रुपैयाँ राहत सहयोग प्रदान गरेको छ ।

सिन्धुपाल्चोकको राम्चेस्थित सुनकोशीको पहिरोस्थलमा सोमबार पुगेर एमालेको केन्द्रीय अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोराले जिल्ला दैवी प्रकोप उद्दार समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीलाई ७ लाख ७६ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

राहत रकम हस्तान्तरण कार्यक्रममा बोल्दै अनुशासन आयोगका अध्यक्ष बोहोराले पहिरो पीडितको पुर्नबासका लागि एमालेले पहल गर्ने बताउँदै पहिरो पीडितका पक्षमा सदनमा समेत आवाज उठाउने बताए ।

दोस्रो संविधानसभाको निर्वाचनमा सिन्धुपाल्चोक १ का उम्मेदवार तथा एमाले नेता अरुण नेपालले पहिरो पीडितको दुखःमा एमालेले सधैं साथ दिने बताउादै सबैका साझा पहलमा पुनःस्थापना गर्नुपर्ने उल्लेख गरे । पहिरो पीडितलाई राहत प्रदान गर्न एमाले नेताहरुको टोली काठमाडौंबाट पहिरोस्थलमा पुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment