Comments Add Comment

क्षेत्रीय होटल संघ चितवनमा नयाँ कार्यसमिति

Regional-Hotel-Sangh-souraha

२ भदौ, काठमाडौं । क्षेत्रीय होटल संघ चितवनले ज्ञानेन्द्र कुमार विष्टको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । आइतबार सम्पन्न संघको १४औं वाषिर्क साधारणसभाले १९ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो ।

नवनिर्वाचित अध्यक्ष होटल रेन फरेष्टका सञ्चालक हुन् । त्यसैगरि, वरिष्ठ उपाध्यक्षमा जंगल सफारी लजका प्रबन्ध निर्देशक सुमन घिमिरे, द्धितिय उपाध्यक्षमा चितवन फरेष्ट रिसोर्टका दीपक भट्टराई चयन भएका छन् । त्यस्तै, तृतिय उपाध्यक्षमा भेषराज दुवाडी र भक्त देव सिंह चयन हुन सफल भएका छन् ।

महासचिवमा राममणि खनाल, कोषाध्यक्षमा अञ्जन कुमार पाण्डे, सचिवमा दामोदर रेग्मी, सहसहिचवमा श्रीलाल परियार चयन भएको संघका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष सुमन घिमिरेले जानकारी दिए ।

सदस्यहरुमा गंगा गिरी, भुपेन्द्र अधिकारी, लजिक किरण सागर, टिका गिरी, योगेन्द्र नाथ अधिकारी, अमित थैव, दीपक तिवारी निर्वाचित भएका छन् । नवनिर्वाचित कार्यसमितिले गणेश शर्मा पौडेल र शैलेन्द्र दास श्रेष्ठलाई सदस्यमा चयन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment