Comments Add Comment

दाङका बाढीपीडितलाई सकारी राहत एक फाँको चाउचाउ

Dang Flood Victim

निमुसंगम घर्ती

२ भदौ, दाङ । सरकारले बाढी पीडितहरुलाई राहत वितरणमा कुनै कसर बाँकी नराख्ने बताइरहँदा दाङका बाढी पीडित भने भोकभोकै छन् । सरकारी राहतका नाममा आफूहरुले एक फाँको चाउचाउ बाहेक अरु केही नपाएको बाढी पीडितहरुको गुनासो छ ।

जिउको लुगाबाहेक सबै गुमाएका पीडितहरुलाई सरकारले चाउचाउ बाँडेर फर्किएको बाढी पीडित समाज फुलबारीका संयोजक विनोद पाण्डेले बताए । ज्ञबाढीले सर्वस्व लगेपछि विचल्लीमा परेका उनीहरुले सरकारले समाचारमामात्र राहत वितरण गरेको बताएका हुन् । बाढी प्रभावित डुरुवा, उरहरी, फुलबारी, गोल्टाकुरी, धनौरी, श्रीगाउँ र पुरन्धारामा सरकार अझै पुग्न नसकेको पीडितहरुको भनाई छ ।

रिपोर्टस क्लवले सोमबार फूलबारी-६ बखरीयामा पीडितसँग गरेको सात्क्षात्कारमा राज्यले तथ्यांक बटुलेर लगेपछि राहत दिन भने पछि हटेको बाढी पीडित रामजनक चौधरीले गुनासो गरे । फुलबारी गाविसमा मात्रै ६३ घर भत्केका छन् । ३४ घरमा आंशिक क्षति पुगेको छ ।

विपदका बेला अभिभावक बन्नुपर्ने राज्य घटनाको ४ दिनसम्म र्फकेर नआएको पीडितहरुको छ । घरबास सबै बगेपछि आफुहरु विद्यालयका कोठा र आफन्तको घरमा कोचिएर बसिरहेको अर्का पीडित हरिबहादुर बिश्वकर्माले बताए ।

यसैवीच तुलसीपुर उद्योग वाणिज्य संघले बाढी प्रभावित क्षेत्र फूलबारी-६ बखरीयामा सोमबार खाद्यान्न वितरण गरेको छ । चिउरा, चाउचाउ, बिस्कुट र अन्य कम्बल, त्रिपालसहित एक लाख मुल्य बराबरको सामाग्रीहरु बितरण गरिएको संघका अध्यक्ष बिमल रिजालले जानकारी दिए । कार्यक्रममा सभाषद् डिल्लीबहादुर चौधरीले उद्धार र राहतमा प्रशासन गम्भीर नभएको आरोप लगाउँदै संसदमा स्थानीय प्रशासनविरुद्ध आवाज उठाउने चेतावनी दिए ।

यसैगरी बाढीले घर बगाएका पत्रकार देवीराम कुसारीलाई नेपाल पत्रकार महासंघ दाङले नगद ६ हजारसहित खाद्यान्न प्रदान गरेको छ । बाढी प्रभावित पुरन्धाराको गंगटेमा राहत लिएर जाने भनेको हेलिकप्टर खराब मौसमका कारण अझै आउन सकेको छैन । बाढीकाबाट दाङमा ५ सय १३ घर भत्कँदा ३ हजार स्थानीय विस्थापित भएका छन । हालसम्म  १४ जनाको ज्यान गएको छ ।

गृहमन्त्रीप्रति बाढी पीडित आक्रोशित

बाढी प्रभावित क्षेत्रको निरीक्षणमा आइतबार आएका गृहमन्त्री वामदेव गौतम सदरमुकाम गुलरियामा केही मिनेट बसेर फर्केकोमा पीडितहरुले आक्रोश ब्यक्त गरेका छन् ।
हेलिकोप्टरमा आएका गृहमन्त्री गौतम बाढी प्रभावित क्षेत्रमा नआई फर्केकामा फूलबारी, गोल्टाकुरी र मोतिपुरका बाढीपिडितहरुले आक्रोश व्यक्त गरेका हुन् ।

स्थानीयले प्राकृतिक प्रकोपका बेला गृह मन्त्रालयले दाङमा राहतको प्याकेज सार्वजनिक नगरेकोमा समेत आपत्ति जनाएका छन् । उनीहरुले गृहमन्त्रीको हेलिकोप्टर आकासमा देखेको तर उनी आफ्ना पिरमर्का वुझ्न नआई फर्केको बाढी पीडितहरुले रुँदै सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment