Comments Add Comment

धौलागिरि माविमा वेतारे वाइफाई इन्टरनेट

३ भदौ, म्याग्दी । जिल्लाको बेनी नगरपालिका-१४ मा रहेको धौलागिरि माविमा वाइफाई इन्टरनेट सुविधा विस्तार गरिएको छ ।

सिङ्गाको नजिकै थामडाँडामा रहेको इन्टरनेटको स्टेसनबाट कनेक्सन गरी सामाजिक कार्यकर्ता महावीर पुनले भित्रयाएको बेतारे इन्टरनेटको प्रविधिलाई विद्यालयको पहुँचमा पुर्‍याइएको विद्यालयले जनाएको छ ।

यस अगाडि सिङ्गाकै शुभकामना सहकारीले प्रयोगमा ल्याएको सो इन्टरनेट सुविधालाई सहकारीसँगको सहकार्यमा विद्यालयमा विस्तार गरिएको विद्यालयका प्रधानाध्यापक केशवप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

सो वेतारे वाइफाई इन्टरनेट सुविधा विद्यालयमा पुर्‍याउन विभिन्न सामग्री खरिदमा १५ हजार रुपैयाँ लगानी भएको विद्यालयले जनाएको छ । विद्यालयमा वाइफाई इन्टरनेट सुविधाको पहुँच पुगेपछि शिक्षक तथा विद्यार्थीलाई सूचना प्रविधिको जानकारी लिन सहज भएको प्रधानाध्यापक रेग्मीले बताउनुभयो ।

कक्षा ६ र ७ मा पाठयक्रम नै समावेश गरी कम्प्युटर विषयमा पठनपाठन सुरु गरेको विद्यालयलाई इन्टरनेटको पहुँचले थप खोजी गरी विद्यार्थीलाई नयाँ जानकारी र सूचना दिन सहयोग पुग्ने विद्यालयले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment