Comments Add Comment

क्याथे प्यासिफिकको ‘फ्यान फेयर्स’ योजना

Dargan-Air

३ भदौ, काठमाडौं । स्काईट्रयाक्स वल्र्ड एयरलाइन अवार्डमा ‘वल्र्ड वेष्ट एयरलाइन’ घोषित भएपछि क्याथे प्यासिफिक एयरवेजले हङकङका यात्रुहरुको लागि विशेष भाडा घोषणा गरेको छ ।

‘फ्यान फेयर्स’ नामक याेजनामा हङकङबाट विभिन्न ११ देशमा देशमा हङकङ सय डलर तिरेर दुर्इतर्फी यात्रा गर्न पाइने छ । याे सुविधा यात्रुहरूले अगष्ट २६ तारिखका दिनमात्र प्राप्त गर्ने एयरवेजले जनाएकाे छ । एयरवेजले विशेष भाडामा २०१४ वटामात्र टिकट छुट्टाइएकाे छ ।

बिजनेश क्लास तथा प्रिमियम इकोनोमी क्लासको टिकटमा ‘फ्यान फेयर्स’ योजना लागु हुने एयरवेजले जनाएकाे छ । एयरवेजका अनुसार बैंकक, सेबु, क्लालालम्पुर, नागोया, ओसाका, ताइपेईमा विशेष भाडाबाट बिजनेश क्लासमा यात्रा गर्न पाइन्छ । त्यस्तै, सिकागो, लन्डन, माल्दिभ्स, न्यू योर्क, सिड्नीमा प्रिमियम इकोनोमी क्लासमा यात्रा गर्न पाइने छ ।

तोकिएका गन्तव्यहरुमा यात्रा गर्दा यात्रुहरुले दुर्इतर्फी टिकटका लागी हङकङ सय डलर तिरे पुग्छ । फ्यान फेयर्स योजनामा यात्रुहरुले एक पटकमा बढीमा २ वटामात्र टिकट बुक गर्न सक्ने बताइएको छ । ऐयरवेजको फ्यान फेयर्स वेबसाइटबाट मात्र विशेष भाडाको टिकट बुकिङ गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

एयरवेजले प्राप्त गरेको यो शिर्ष स्काईट्रयाक्स अवार्ड चौथो पटक हो । यही अवसर पारेर एयरवेजले एक दिने प्रवर्द्धनात्मक योजना ‘फ्यान फेयर्स’ घोषणा गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment