Comments Add Comment

अश्लील नृत्य गर्ने तीन महिला कलाकार पक्राउ

३ भदौ, सप्तरी । अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा प्रहरीले सप्तरीको जमुनी मधेपुरा गाविसबाट तीन महिला कलाकारलाई पक्राउ गरेको छ ।

जमुनी मधेपुरा गाविसमा गएराति आयोजित सांस्कृतिक कार्यक्रममा नृत्य प्रस्तुत गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको गस्ती टोलीले पक्राउ गरेको हो । पक्राउ परेका तीनैजना महिलालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

उनीहरुमाथि सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाइएको सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक केदार ढकालले जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment