Comments Add Comment

एलोभेरामा ठगी गर्ने गिरीसँग ४० लाख धरौटी माग

३ भदौ, चितवन । एलोभेरा र घ्यु कुमारी खेतीका नाममा गठी गरेको आरोप लागेका पाम एग्रोटेक प्रालिका सञ्चालक रुद्र गिरीलाई जिल्ला अदालत चितवनले ४० लाख रुपैयाँको धरौटी माग गरेको छ ।

गिरीले विभिन्न प्रलोभन देखाउदै घिउकुमारीको खेती गर्न लगाएको तर, सहमतिवमोजिम पात तथा विरुवा खरिद नगरी ठगेको भन्दै किसानले जिल्ला प्रहरी कार्यालयमा जाहेरी हालेपछि गिरी पक्राउ गरेका थिए ।

मंगलबार भएको थुनछेकको बहसपछि अदालतका मुख्य न्यायाधीश विनोदमोहन आचार्यको इजलासले गिरीसँग ४० लाख धरौटी माग गरेको हो ।

गिरीविरुद्ध ११ जना किसानले ८७ लाख रुपैयाँ ठगी गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment