Comments Add Comment

भदौ दोस्रो साता मोबाइल एक्स्पो, सामसुङ बन्यो मूख्य प्रायोजक

Mobile-bazzar-2

३ भदौ, काठमाडौं । सिभिल ट्रेड सेन्टरमा सञ्चालनमा आउन लागेको न्यू मोबाइल बजारले ग्रान्ड ओपनिङको अवसरमा गर्न लागेको प्रमोशनल एक्स्पोको सामसुङ मोबाइलले टाइटल स्पोन्सर गर्ने भएको छ ।

टाइटल स्पोन्सर गर्ने विषयमा आइएमएसका महाप्रबन्धक संजिव मिश्र र मोबाइल बजारका अध्यक्ष पुरुषोत्तम बस्नेतले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतासँगै एक्स्पो ‘सामसुङ मोबाइल ग्रान्ड ओपनिङ प्रमोशनल एक्स्पो-२०७१’ नामबाट सञ्चालन हुनेछ ।

सम्झौतापत्रमा हस्ताक्षर गर्दै आइएमएसका महाप्रबन्धक मिश्रले मोबाइल बजारसँग सामसुङको सम्झौता हुनु खुशीको विषय भएको बताए । उनले एकै थलोमा सम्पूर्ण ब्रान्डका मोबाइल तथा सर्भिस पाइने हुँदा उपभोक्तालाई पनि सुविधा पुग्ने विश्वास व्यक्त गरे ।

मोबाइल छनौटको सुविधा

महाप्रबन्धक मिश्रले मोबाइल बजारसँग सामसुङ मोबाइलको सहकार्यले ग्राहकहरुलाई पनि छनौटको सुविधा मिल्ने दाबी गरे । सामसुङ मोबाइलले बजारमा आधिकारीक सर्भिस सेन्टर पनि संचालन गर्ने भएको छ ।

कार्यक्रममा मोबाइल बजारका प्रवक्ता चन्द्र ढकालले मोबाइल बजारले सबै व्यवसायीलाई एकै थलोमा समाहित गरेको र यसले नयाँ सन्देश प्रदान गरेको बताए ।

Mobile-bazzar

एक्सपोको प्लाटिनम स्पोन्सरमा बिक्यू र सेलकोन मोबाइल रहेका छन भने गोल्ड स्पोन्सरमा कलर्स, माइक्रोम्याक्स, सोनी मोबाइल र सिटिभी मोबाइल रहेका छन् । त्यसैगरी विभिन्न कम्पनिले समेत एक्सपोको स्पोन्सर गर्ने भएका छन् ।

मोबाइल बजारकोे ग्रान्ड ओपनिङको अवसर पारेर भदौ ११ गतेदेखि २१ गतेसम्म प्रमोशनल एक्स्पो आयोजना हुन लागेको छ । मलको चौथो तल्ला र पाँचौं तल्लामा १ सय भन्दा बढी मोबाइलका ब्रान्डेड पसल तथा बिभिन्न कम्पनीका शो-रुम र केयर सेन्टर खुल्ने भएके छन् । एक्सपोको अवधिभर करिब ४ लाख अवलोकनकर्ता तथा ग्राहकहरु मोबाइल बजारमा आउने आयोजकको दाबी छ ।

७० प्रतिशतसम्म छुट

एक्सपोमा मोबाइल खरिद गर्दा प्रत्येक दिन एउटा ३० हजार रुपैयाँ बराबरको मोबाइल सेट र बम्पर उपहारमा ८० हजार रुपैयाँ बराबरको मोबाइल सेट एक जनालाई प्रदान गरिने बताइएको छ । त्यस्तै, हरेक ब्राण्डको नयाँ मोबाइल खरिदमा ७ देखि ७० प्रतिशतसम्मको विशेष छुट पनि दिइने बताइएको छ ।

मोबाइल बजारमा सामसुङ, हुवावे, बिक्यु, लेनेभो, सेलकोन, सोनी, नोकिया, एलजी, कलर्स, कार्बन, डिटिसी, इन्टेक्स, एचटिसी, लाभा, जोलो, रेज, माइक्रोम्याक्स, ˆलाइ र वीनकम लगायतका कम्पनीबाट उत्पादित मोबाइल सेटहरु बिक्री बितरण हुने कम्पनीले जनाएको छ । यस मार्केटमा बजेट फोन, फिचर फोन, स्मार्टफोनका साथै विभिन्न किसिमका ग्याजेट्स र मोबाइल एशेसरीज्, ट्याबलेट, ल्यापटप, फ्याबलेटलगायतका सामाग्रीहरु पनि बिक्री गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment