+
+
Shares

३३ बर्षकी भइन् अरुणिमा, हट नायिकादेखि आमासम्म

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ ४ गते १०:४६
फाइल तस्बिर : गतबर्ष आफ्नो जन्मदिन मनाउने क्रममा नायिका अरुणिमा लम्साल संचिता लुइटेलको साथमा ।
फाइल तस्बिर : गतबर्ष आफ्नो जन्मदिन मनाउने क्रममा नायिका अरुणिमा लम्साल संचिता लुइटेलको साथमा ।

नायिका अरुणिमा लम्साल आजबाट ३३ बर्षमा लागेकी छिन् । ३३ बर्षमा लाग्दै गर्दा उनको जीवनमा विभिन्न खालका परिवर्तन पनि आएका छन् । वि.सं २०५८ सालमा चलचित्र ‘यस्तै रहेछ जीन्दगी’बाट सिनेमा नगरीमा प्रवेश गरेकी यी नायिकाले ‘धड्कन’ सिनेमामा काम गरेपछि हट नायिकाको उपाधी पनि पाइन् । चलचित्रको एक गीतमा मात्र केही हट भएपछि अरुणिमालाई मिडियाले बोलाउने परिचय फेरियो ।

उनी बिहे गरेर छोरीको आमा समेत बनिसकेकी छिन् । तर पनि उनको योजना बदलिएको छैन । अनलाइनखबरसँग कुरा गर्दै अरुणिमाले भनिन्-‘अबको योजना मैले खासै यही नै बनाएको छैन । भूमिका आफूलाई मन परे हट हुन पनि सकिन्छ । तर अरुले ‘छ्या’ भन्ने भूमिका गर्दिन ।’

नसुहाउने तहको सो ओभर नगर्ने बताउँदै अरुणिमाले भनिन्-‘सिनेमा नगरीलाई निरन्तरता नै दिन्छु ।’अरुणिमाले आजसम्म ५२ वटा सिनेमामा अभिनय गरिसकेकी छिन् । आमा बनेपछि पनि उनले केही चलचित्रमा अभिनय गरिन् ।

आजको योजना सुनाउँदै उनले बिहानदेखि व्यस्त भएको बताइन् । बिहानै मन्दिरमा पुगेर पुजा गरेकी अरुणिमाले घरमै केक काटेर जन्मदिन मनाउँने योजना सुनाइन् । अरुणिमालाई जन्मदिनको शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?