+
+
Shares

रारा विमानस्थल सञ्चालन

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ ४ गते १०:२१

rara-airport४ भदौ, मुगु । गत वैशाखदेखि विमानस्थल स्तरोन्नति गरिने भन्दै स्थगित रारा विमानस्थल मंगलबारदेखि पुनः सञ्चालन भएको छ ।

मौसममा सुधार आएकाले तारा एयरलायन्सले परीक्षण उडान समेत गरेको छ ।  इन्जिनियरको टोलीले विमानस्थलको प्रतिवेदन प्राधिकरणमा बुझाएपछि नियमित उडान हुने रारा नागरिक उड्डयन कार्यालय मुगुका प्रमुख भीमदत्त पन्तले बताए ।

विमानस्थल बन्द हुँदा यहाँका यात्रु दुई दिनको पैदल यात्रा गरेर जुम्ला र बाजुराको कोल्टी विमानस्थलबाट आफ्ना गन्तव्यसम्म पुग्दै आएका थिए ।
मुगुमा नेपाल एअरलायन्स, तारा एयरलाइन्स, गोमा एयर, एयर काष्ठमण्डप र मकालु एयरले उडान भर्दै आएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?