Comments Add Comment

क्रसर उद्योग नखोले ट्रिपर र ट्रक सरकारलाई बुझाउने चेतावनी

४ भदौ, काठमाडौं । सरकारले क्रसर उद्योगमा लगाएको रोकावट तत्काल फिर्ता नगरे सबै टि्रपर तथा ट्रकहरु सरकारलाई नै बुझाउने व्यवसायीहरुले चेतावनी दिएकाछ छन् ।

नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समिति काठमाडौं र बाग्मती टि्रपर व्यवसायी संघ काभ्रेले बुधबार राजधानीमा संयुक्त पत्रकार सम्मेलन गरी तत्काल ढुंगा, गिट्टी, बालुवा उत्खननमा लगाएको रोकावट फिर्ता लिन सरकारलाई निर्देशन दिएको छ ।

सरकारले क्रसर उद्योग बन्द गराएर आफूहरुलाई पेशाबाट विचलित बनाउन खोजेको व्यवसायीहरुको आरोप छ । महिना दिनदेखि चरणवद्ध रुपमा आन्दोलन गर्दा पनि सरकारले कुनै विकल्प नदिएको उनीहरुले गुनासो गरेका छन् ।

कार्यक्रममा राष्ट्रिय यातायात व्यवसायी महासंघका उपाध्यक्ष यादवलाल श्रेष्ठले सरकारले निर्माण सामाग्रीमा रोक लगाएर सम्पूर्ण व्यवसायीहरुलाई घर न घाटको बनाएको आरोप लगाए ।

सरकारले तत्काल विकल्प नदिए सम्पूर्ण ढुवानीका यातायात नै सरकारलाई बुझाउने बताउँदै श्रेष्ठले भने- हामी व्यवसायी कहाँ जाने ? हामीले रोक लगाउनु हुँदैन भनेको होईन् । तर हामीलाई विकल्प त सरकारले दिनुपर्‍यो नी ?

त्यस्तै बाग्मती ट्रिपर व्यवसायी संघ बनेपाका उपाध्यक्ष शेर बहादुर कुँवरले पनि निर्माण सामाग्रहीमा रोक लगाउँदा आफुहरुको सम्पूर्ण व्यवसाय नै धरापमा परेको गुनासो गरे । निर्माण सामाग्रीमा रोक लगाएपछि टि्रपर तथा ट्रक सबै बन्द गरेर बस्न बाध्य भएको उनको नभाई छ ।

नेपाल टि्रपर तथा ट्रक व्यवसायी समितिका उपाध्यक्ष कृष्ण पन्तले परापूर्व कालदेखि नै चली आएको भन्दै ढुँगा, गिट्टी, बालुवा र रोडा ढुवानी सुचारु गर्नुपर्ने माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment