+
+
Shares

रिस्ताको प्रेममा ‘यो कथा हो तिम्रो मेरो’

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ ४ गते १५:१७

rista-and-rabi
पारिवारिक प्रेम कथामा आधारित चलचित्र ‘यो कथा हो तिम्रो मेरो’लाई चलचित्र सेन्सर बोर्डले ‘यूनिभर्सल’ सर्टिफिकेट दिएको छ । ओम प्रतिकको कथा तथा निर्देशनमा तयार भएको यो सिनेमामा सुमन सिंह, रिस्ता बस्नेत, रवी कार्की लगायतका कलाकारले अभिनय गरेका छन् ।

भाद्र १३ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमाको कथावस्तु मार्मिक देखिन्छ । नारी संवेदनालाई टपक्कै टिपेर सिनेमा बनाउन माहिर मानिएका ओम प्रतिकले ‘यो कथा हो तिम्रो मेरो’ उत्कृष्ट बनेको बताए ।

‘होस्टेल’ सिनेमामा आंशिक भूमिका गरेकी नायिका रिस्ता बस्नेतले यो सिनेमामा पनि मुख्य भूमिका निर्वाहा गरेकी छिन् । सुमन सिंहको असफल करिअर र रिस्ताको उदाउँदो करिअरका लागि पनि यो सिनेमा महत्वपूर्ण मानिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?