Comments Add Comment

पुष्प व्यवसाय प्रवर्द्धनका लागि चार करोड

puspa
४ भदौ, काठमाडौं । कृषि विकास मन्त्रालयबाट पुष्प व्यवसाय प्रवर्द्धनका लागी ४ करोड रुपैयाँ बजेटको व्यवस्था गरिएको कृषिविद् सुनिल कुमार सिंहले बताएका छन् ।

बुधबार काठमाडौंमा सम्पन्न फ्लोरिकल्चर एशोसियसन नेपालको २२औं साधारण सभामा उनले सो जानकारी दिएका हुन् । फ्लोरिकल्चर क्षेत्रको विकासका लागि सरकारले अझै धेरै बजेटको व्यवस्था गर्न लागेको उनको भनाई थियो ।

कृषि मन्त्रालयका सहसचिव तथा प्याक्ट निर्देशक योगेन्द्र कुमार कार्कीले फ्लोरिकल्चरको सम्बन्ध आर्थिक, सामाजिक, सास्कृतिक, सौन्दर्य तथा स्वास्थ्यसँग जोडिएको हुँदा चोभारमा फ्लोरिकल्चरको होलसेल मार्केट बनाउन पहल भइरहेको बताए ।

फ्यानका अध्यक्ष लोकनाथ गैरेले कृषिमा भ्याट नलाग्ने भनिए पनि अनिवार्य भ्याटमा दर्ता भएको हुनुपर्ने नियमका कारण अप्ठेरोमा परेको बताए ।

फ्यानका उपाध्यक्ष कुमार कसजु श्रेष्ठले ३८ जिल्लाका १३७ हेक्टर क्षेत्रफलमा पुष्प खेती भइरहेको बताए । उनका अनुसार ६५० पुष्प फार्महरु दर्ता भएका छन् । जहाँ ४१ हजार भन्दा बढि व्यक्तिहरुले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी पाइरहेको छन् ।

सिजनल बिरुवातर्फ १९ करोड ५४ लाख, आलंकारिक बोटबिरुवातर्फ ३७ करोड १५ लाख, कट फ्लावरतर्फ १८ करोड ४२ लाख, ल्याण्डस्केप तथा गार्डेनिङतर्फ १४ करोड ४५ लाख, खुल्ला फुलतर्फ ६ करोड ४ लाख र अन्य कार्पेट ग्रास, बल्ब, राइजिङ ट्युबर टिस्युकल्चर तर्फ ७ करोड ५० लाख र निर्याततर्फ ३ करोड ५ लाख रुपैयँँ गरि एक अर्ब १५ करोड ५७ लाख रुपैयाँ बराबरको फूलको कारोबार भइरहेको कसजु जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment