+
+
Shares

१११ वर्षे साकारी विश्वकै बुढो पुरुष, अझै दुइ वर्ष बाँच्ने धोको

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ ४ गते २०:२१

world oldest-man-Sakari-Momoi,

हवाइजहाजको आविष्कार गर्ने अमेरिकी राइट दाजुभाई भन्दा एक महिना अगाडि जन्मिएका एक जापानी वृद्ध विश्वकै सबैभन्दा बुढो पुरुषको रुपमा गिनिज बुकमा नाम लेखाएका छन् ।

सन् १९०३ को फेब्रुअरी ५ मा फुकुसिमामा जन्मिएका साकारी मोमोइ अहिले १ सय ११ वर्षका भए । गिनिज बुक अफ वर्ल्ड रेकर्डस्ले साकारीलाई विश्वका सबैभन्दा वृद्ध पुरुष प्रमाणपत्र दिएको छ ।

टोकियोमा आयोजित समारोहमा कालो सूटमा ठाँटिएका साकारीले आफु अझै दुइ वर्ष बाँच्न चाहेको बताए ।साकारीभन्दा एक दिन अगाडि जन्मिएका अमेरिकाका अलेक्जेन्जर इमिच गएको जुनमा मरेपछि साकारी विश्वकै वृद्ध पुरुष बन्न सफल भएका हुन् ।

साकारी गिनिज बुक प्रवेश सँगै विश्वका वृद्ध महिला र पुरुष दुबै व्यक्तिमा जापानले कब्जा गर्न सफल भएको छ । जापानकी १ सय १६ वर्षीया मिसाओ ओकावा विश्वकै सबैभन्दा बुढी महिला हुन् ।

विश्वमा अहिलेसम्म धेरै उमेरसम्म बाँचेको पुरुषको किर्तिमान पनि जापानले नै बनाएको छ । जापानका जिरोमोन किमुराको १ सय १६ वर्षको उमेरमा गएको वर्ष निधन भएको थियो ।

जापानको १२ करोड ८० लाख जनसंख्या मध्ये एक चौथाइ ६५ वर्षभन्दा बढि उमेरका छन् ।

विश्वको सबैभन्दा बुढो जिउँदो पुरुष बन्न सफल साकारीले कान कम सुन्छन् । तर उनकेा अरु स्वास्थ्य निकै राम्रो छ । पूर्व प्राचार्य समेत रहेका उनले किताब पढ्न र टेलिभिजनमा कुस्ती हेर्न मन पराउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?