+
+
Shares

सुर्खेतमा बाढी पहीरोमा बेपत्ता ९५ जना अझै भेटिएनन्

५ साउन, सुर्खेत । साउन २८ गते राति आएको बाढी पहिरोमा परी वेपत्ता भएका सुर्खेतका ९५ जना स्थानीय अझै फेला पर्न सकेका छैनन् ।

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ ५ गते ११:२२

कृष्ण आचार्य

५ साउन, सुर्खेत । साउन २८ गते राति आएको बाढी पहिरोमा परी वेपत्ता भएका सुर्खेतका ९५ जना स्थानीय अझै फेला परेका छैनन् ।

वेपत्ता भएका मध्ये बुधबारसम्म ३४ जनाकोमात्र शव फेला परेको । बिहीबार र शुक्रबार एकजनाको पनि शव फेला नपरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रवक्ता योगेन्द्रबहादुर हमालले वेपत्ताको खोजी भैरहेको बताए  ।

प्रहरीले खोजीकार्य जारी रहेको बताइरहँदा मृतक तथा बेपत्ताका आफन्तले भने प्रशासनले खोजीकार्यमा लापरबाही गरेको गुनासो गरेका छन् । यसैबीच पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका सह-महामन्त्री पूर्णबहादुर खड्का सहितको टोलीले सुर्खेत उपत्यकाका बाढी पीडितसँग भेटघाट र प्रकोपस्थलको अवलोकन गरेको छ ।

सुर्खेत क्षेत्र नम्वर १ का सभासद् समेत खड्काले लाटिकोइलीको पर्सेनी, रहरपुर लगायत खोर्के, इत्राम, जर्वुटा, वीरेन्द्रनगर लगायतका बाढी प्रभावित क्षेत्रको अवलोकन गरी क्षतिको विवरण लिए ।
त्यस्तै सुर्खेत उद्योग वाणिज्य संघ, लायन्स क्लब अफ सुर्खेत र सुर्खेत जेसिजको संयुक्त पहलमा स्थापित दैवी प्रकोप राहत कोषमा विभिन्न संस्थाले ४ लाख बढी रकम जम्मा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?