Comments Add Comment

साहरुखका लागि जस्तो पनि भूमिका गर्न दीपिका तयार

dipika

नायिका दीपिका पादुकोण एकपछि अर्को सिनेमामा व्यस्त छिन् । बलिउडमा बक्स अफिसकी रानीको उपाधीले पाएकी दीपिकाका लगातार हिट सिनेमा प्रदर्शनमा आइरहेका छन् ।

उनको नयाँ चलचित्र ‘ह्याप्पी न्यू ईयर’ तिहारमा प्रदर्शन हुँदै छ । उनी साहरुख खानसँग तेश्रो पटक पर्दामा देखिन लागेका हुन् । भारतीय संचारमाध्यमसँग कुरा गर्दै नायिका पादुकोणले आफूले नायक साहरुख खान र फराहा खानका लागि जस्तो भूमिका गर्न पनि तयार रहेको बताएकी छिन् ।

दीपिकाले भनिन्-‘आज म बलिउडमा जुन स्थानमा छु, यसको मुख्य कारण नै साहरुख र फराहा खान हुन् । उनीहरुले मलाई ‘ओम शान्ती ओम’मा अवसर दिएकाले नै म यो स्थानमा आएको हुँ । यसैले साहरुख र फराहाको प्रस्तावलाई म आखा चिम्लेर स्विकार गर्छु ।

उनले दुई चर्चित बलिउड हस्तीहरुका लागि आफ्नो पारिश्रमिक पनि डिमाण्ड नगर्ने जनाइन् । उनले आफू र रणवीर सिंहको प्रेमको कुरालाई चर्चा गर्ने बिषय नभएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment