५ भदौैं, काठमाडौं । काठमाण्डौमा दैलेख चिनाउ भन्ने अभियानका साथ फोटो प्रदर्शनी हुने भएको छ ।
नेपाल उद्योग बाणिज्य महासघ र दैलेख उद्योग बाणिज्य संघको आयोजनामा शुक्रबारदेखि तस्वीर प्रर्दशनी हुने भएको हो ।
प्रर्दशनीमा पन्चकोशी तीर्थस्थल शिरस्थान, नाभिस्थान, धुलेश्वर, पादुका र सिद्धेशवर महादेव लगायत कोटीला, नेपाली भाषामा लेखिएको पहिलो अभिलेख दामुपालको अभिलेख, पश्चिम नेपालको एक मात्र प्रमाण मानिने कीर्तिखम्ब लगायतका तस्वी राखिने प्रर्दशनीका संयोजक यम बहादुर मल्लले बताए ।
मल्लले भने-‘दैलेख प्राकृतिक, सास्कृतिक तथा एैतिहासिक रुपले निकै धनी भएर पनि प्रचार प्रसार नहुँदा पर्यटक आउन नसकेकोले पर्यटकको संख्या बढाउन प्रर्दशनी गर्न लागिएको हो । ‘
दैलेख उद्योग बाणिज्य संघका अध्यक्ष शान्ति शर्माका अनुसार प्रदर्शनीमा फोटो पत्रकार भरतबन्धु थापासहित विश्व केसी, शमसेर शाही, युवराज शाही, चक्र बहादुर शाहीका तस्वीरहरु राखिने छन् ।
भर्खरै
पुराना
लोकप्रिय
Advertisment
प्रतिक्रिया 4