लीलाराज दाहाल
अमेरिकाको टोलेडो ओहायोमा कृष्ण जन्माष्टमी तथा तीज कार्यक्रम सम्पन्न भएको छ । टोलेडो क्षेत्रमा रहेका सय भन्दा बढी नेपाली सहभगी कार्यक्रममा श्रीकृष्को पूजा आराधना गर्नुका साथै महिलाहरूले सामूहीक रूपमा नाचेर तीज मनाएका थिए ।
उक्त कार्यक्रमसँगै टोलेडो विश्वविद्यालयमा अध्यनार्थ आएका नयाँ नेपालीहरू तथा उनीहरुका परिवारहरूको परिचयात्मक कार्यक्रम गरिएको थियो । यसवर्ष भौतिक शास्त्र, रसायन शास्त्र, ईन्जिनियरिङ, फार्मेसी लगायतका विषयमा नेपाल तथा अमेरिकाकै अरु बिभिन्न शहरबाट आएका १३ जना नेपाली विद्यार्थीहरु र सम्बन्धित परिवारका सदस्यहरू टोलेडो नेपाली समुदायमा थपिएका छन ।
प्रतिक्रिया 4