Comments Add Comment

उपचारखर्च लिन सभासदको लर्को, माग्नेमा माधव नेपाल र कृष्ण सिटौला पनि

८ भदौ, काठमाडौं । संसद सचिवालयसँग ३५ भन्दा बढी सभासद्ले औषधिउपचार खर्च मागेका छन् । यसरी उपचारखर्च माग्नेमा दलका शीर्ष नेता पनि छन् । सभासद्ले भिटामिन खान पनि खर्च मागेका छन् । सचिवालयले केही सभासदलाई उपचारखर्च दिने निर्णय शनिबार गरेको छ भने केहीले नक्कली बिल पेस गरेको भन्दै छानबिन सुरु गरिरहेको छ ।

सांसद सुविधा शाखाका अनुसार संघीय समाजवादी पार्टीका डिलबहादुर नेपालीलाई उपचारखर्चका लागि सबैभन्दा बढी तीन लाख ८४ हजार रुपैयाँ दिइएको छ । उनले गंगालाल हृदय केन्द्रमा उपचारका क्रममा गरेको सबै खर्च सचिवालयले तिरिएको हो । यस्तै सचिवालयले कांग्रेस महामन्त्री कृष्ण सिटौलालाई पनि दुई लाख ६५ हजार रुपैयाँ उपचार खर्च दिएको छ । नर्भिक अस्पताल र गंगालाल हृदयकेन्द्रको अतिविशिष्ट क्याबिनमा बसेको भाडाखर्च भने सिटौलालाई नदिइएको स्रोतले बताएको अन्नपूर्ण पोस्टमा खबर छ ।

एमाले नेता माधव कुमार नेपालले पनि उपचारखर्च मागेको निवेदन प्रेस्किप्सन र डिस्चार्जको कागज नआइपुगेको भन्दै सचिवालयमा थन्किएको छ । नेता नेपालले वीर अस्पतालमा उपचारका क्रममा एक लाख रुपैयाँ खर्च भएको निवेदन दिएका थिए । तर सक्कली कागज नभएको भन्दै निवेदनलाई सचिवालयले त्यसै थन्क्याएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment