Comments Add Comment

रणबीर र दीपीका बने श्रीमान श्रीमति

ranbir-and-dipika

मुम्बई । हिन्दी चलचित्र ‘रामलीला’ मा काम गरेपछि रणबीर सिंह र दीपीका पादुकोणविच अफेयर सुरु भएको थियो । उनिहरुको अफेयर सुरु भएको जानकारी पाए लगत्तै सामान्य दर्शक समेत उनिहरुको भावी जीवनका वारेमा सोच्न थालेका छन् । यहि बेला उनिहरु श्रीमान श्रीमति बनेको खबर सार्वजनिक भएको छ ।

उनिहरु श्रीमान श्रीमति भएपछिको तस्बिर केही सामाजिक सञ्जालका भित्ताहरुमा समेत देखिएको छ । तर, आत्तिइहाल्नु पर्ने चााहि छैन है । उनिहरु अभिनय गर्ने क्रममा श्रीमान श्रीमति बनेका हुन् । वास्तविक जीवनमा होइन ।

प्रदर्शनको क्रममा रहेको फिल्म ‘फाईन्डिङ फनी’ मा उनीहरु श्रीमान श्रीमतिको भुमिका देखिएका छन् जहाा उनिहरुले चर्चमा बिबाह गर्छन् । फिल्मको दृष्यमा दीपीका सेतो गाउनमा छिन् भने रणबीर सुटमा । तस्बिर हेर्नेहरुले उनीहरुको जोडी सुहाएको कुरा गरेपनि दीपीकाले भने कुनै प्रतिक्रिया दिएकी छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment