Comments Add Comment

केमा मूल्य बढ्यो, केमा घट्यो ?

९ भदौ काठमाडौं । चर्को मूल्यवृद्धिले ढाड सेकेको सर्वसाधारणले बताइरहेका बेला सरकारले भने विभिन्न उपभोग्य सामाग्रीको समग्रमा मूल्य घटेको तथ्यांक सार्वजनिक गरेको छ । तर, केही खाद्य एवं पेय पदार्थको मूल्यमा भने वृद्धि भएको तथ्यांकले देखाएको छ ।

नेपाल राष्ट्र बैंकले आइतबार प्रकाशित गरेको आर्थिक वर्ष ०७०/०७१ को देशको आर्थिक अवस्थाको तथ्यांक अनुसार पछिल्लो Tarkari ani Phalphul photo (10)आर्थिक वर्षमा वाषिर्क औषत उपभोक्ता मूल्य ९.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो मूल्य ९.९ प्रतिशतले बढेको थियो ।

तर, अघिल्लो वर्षको तुलनामा गत वर्ष आर्थिक वृद्धिदर भने उल्लेख्य बढेको छ । अघिल्लो वर्ष ३.९ प्रतिशतले बढेको देशको कूल ग्रार्हस्थ उत्पादन गत वर्ष ५.५ प्रतिशतले बढेको छ ।

राष्ट्र बैंकका अनुसार खाद्य तथा पेय पदार्थ समूहको मूल्य सूचकांक १६.६ प्रतिशतले बढेको छ । त्यसैगरी गैरखाद्य तथा सेवा समूहको मूल्य सूचकांक ६.८ प्रतिशतले बढेको छ । यो अघिल्लो वर्षभन्दा कम हो । अघिल्लो वर्ष खाद्य समूहको ९.६ र गैरखाद्य समूहको १० प्रतिशतले मूल्य बढेको थियो ।

समीक्षा वर्षमा खाद्य तथा पेय पदार्थ समूहमा पर्ने वस्तुहरुमध्ये तरकारी उप-समूहको वाषिर्क औसत मूल्य सबैभन्दा धेरै २०.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष ५.७ प्रतिशतले बढेको थियो ।

त्यस्तै सुर्तीजन्य पदार्थ उप-समूह र मासु तथा माछा उप-समूहको मूल्य सूचकाङ्कमा वाषिर्क औसत वृद्धिदर क्रमशः १८.८ प्रतिशत र १८.२ प्रतिशत रहेको छ । अघिल्लो वर्ष क्रमशः १३.८ प्रतिशत र १४.४ प्रतिशतले बढेको थियो ।

मदिराजन्य पदार्थ उप-समूह र फलफूल उप-समूहको वाषिर्क औसत मूल्य वृद्धिदर क्रमशः १६.९ प्रतिशत र १३.७ प्रतिशत रहेको छ । अघिल्लो वर्ष क्रमशः ८.० प्रतिशत र ६.३ प्रतिशतले बढेको थियो । अघिल्लो वर्ष १३.७ प्रतिशतले वृद्धि भएको चिनी तथा मिठाई उप-समूहको वाषिर्क औसत मूल्य सूचकाङ्क भने समीक्षा वर्षमा ३.८ प्रतिशतले घटेको छ ।

यसैगरी समीक्षा वर्षमा गैर-खाद्य तथा सेवा समूहका वस्तुहरुमध्ये लत्ता कपडा तथा जुत्ता-चप्पल उप-समूहको वाषिर्क औसत मूल्य सूचकाङ्क सबैभन्दा बढी ११.१ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा १२.१ प्रतिशतले बढेको थियो ।

त्यस्तै, समीक्षा वर्षमा फर्निसिङ्ग तथा घरायसी उपकरण उप-समूह र शिक्षा उप-समूहको मूल्य सूचकाङ्कमा क्रमशः ९.२ प्रतिशत र ७.६ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष क्रमशः १३.३ प्रतिशत र १२.१ प्रतिशतले बढेको थियो ।

स्वास्थ्य उप-समूह र विविध वस्तु तथा सेवा उप-समूहको वाषिर्क औसत मूल्य सूचकाङ्कमा समान ७.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष क्रमशः ६.८ प्रतिशत र १०.१ प्रतिशतले बढेको थियो । अघिल्लो वर्ष २ प्रतिशतले ह्रास भएको सञ्चार उप-समूहको वाषिर्क औसत मूल्य सूचकाङ्कमा समीक्षा वर्षमा ०.४ प्रतिशतले सामान्य वृद्धि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment