Comments Add Comment

नेपाली ताराको अडिसन भदौ १७ गतेबाट

Nepali-Tara

नेपालको सबैभन्दा ठूलो सांगीतिक रियालिटि शो-‘नेपाली तारा’को अडिसन राउण्ड भदौ १७ गतेबाट सुरु हुने भएको छ । धरानबाट शुरु हुने अडिसन त्यसपछि चितवन, बुटवल, पोखरा, भक्तपुर, काठमाण्डौमा हुनेछ ।

अडिसनमार्फत् रियालिटी सोलेे नेपालभरिबाट गायन प्रतिभाहरुको खोजी गर्ने छ । वरिष्ठ संगीत निर्देशक प्रकाश गुरुङ, वरिष्ठ संगीतकार शुरेस अधिकारी र गायक रामकृष्ण ढकाल, गायक जेम्स प्रधान र संगीतकार राजन इसान अडिसन राउण्ड निर्णायकका रुपमा रहनेछन् ।

दोस्रो संकरणका विजेता सन्तोस लामा र पहिलो संसकरणका रनर-अप धर्वेन्द्र सेवान कार्यक्रम प्रस्तोता रहनेछन् । अडिसन राउण्डको पहिलो तीन श्रृंखला नेपाल टेलिभिजनबाट प्रसारण गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment