Comments Add Comment

‘छ एकान छ’ ले बाड्यो बोनस, निर्देशक र हिरोइन आएनन् (फोटो फिचरसहित)

_MG_0548 copy
सिनेमा सफल भएको ७ महिनापछि ‘छ एकान छ’को निर्माणपक्षले एउटा नयाँ परम्पराको सुरुवात गरेको छ । सिनेमाले सफलता पाएपछि यसको लाभांश यसका निर्माताले मात्र लिएनन्, प्राविधिक र कलाकारलाई पनि बाडेका छन् ।

निर्मातात्रय दीपकराज गिरी, दीपाश्री निरौला, निर्मल शर्माले चलचित्रका प्राविधिक र कलाकारलाई पनि सफलताको केही रकम प्रदान गरेका हुन् । सफल सिनेमाका निर्माताहरुले यस्तो गरेको चलचित्र क्षेत्रमा खासै सुनिएको थिएन । यसैले पनि ‘छ एकान छ’का निर्माताहरुको यो कदमलाई सबैले प्रशंसा गरेका छन् ।

यस्तै सिनेमाको निर्माणपक्षले स्वर्गिय निर्देशक शिव रेग्मीको परिवारलाई ५१ हजार नगद प्रदान गर्ने सफलता पार्टीमा बताएको छ । यस्तै, देशभर गएको बाढी पहिरोबाट पीडित बनेका नेपालीको सहयोगका लागि धेरै त सकिदैन भन्दै यसका निर्माता तथा कलाकार दीपकराज गिरीले २५ हजार सहयोगको घोषणा गरे । यस्तै, चलचित्र हिट बनाउन सहयोग गर्ने पत्रकारहरुलाई पनि ‘छ एकान छ’ यूनिटले सहयोग गर्‍यो । चलचित्र पत्रकार संघलाई १५ हजार नगद प्रदान गरिएको छ । _MG_0567 copy _MG_0573 copy _MG_0577 copy _MG_0608 copy _MG_0628 copy

कार्यक्रममा चलचित्रका निर्देशक दीनेश डीसी र नायिका नीता ढुंगाना बाहेक अन्य कलाकार र केही प्राविधिकहरुको उपस्थिती थियो । सिनेमाको छायांकन समयदेखि नै दीनेश र नीतासँग चलचित्रका निर्माताहरुको सम्बन्ध बिगि्रएको थियो । जुन सफलता पार्टीमा स्पष्ट देखियो ।

कार्यक्रममा निर्माता दीपकराज गिरीले नयाँ चलचित्र ‘ वडा नम्बर ६’ बनाउने घोषणा समेत गरे । यो सिनेमामा ‘छ एकान छ’का निर्देशक दीनेश डीसी र नायिका नीता ढुंगाना बाहेक अन्य कलाकार दोहोरिने संभावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment