Comments Add Comment

झलनाथलाई भेट्न केपी ओली डल्लु पुगे

Jn-with-kp-oli९ भदौ, काठमाडौं । एमाले अध्यक्ष केपी ओली बरिष्ठ नेता झलनाथ खनाललाई भेट्न खनाल निवास डल्लु पुगेका छन् ।

डल्लुमा जारी भेटवार्तामा ओली र खनालबीच देशको समसामयिक राजनीतिक अवस्था, संविधान निर्माण र पार्टीकै बारेमा पनि छलफल भइरहेको ओलीका स्वकीय सचिव रमेश आचार्यले बताए ।

अध्यक्ष ओलीले यसअघि अर्का नेता माधवकुमार नेपाललाई उनकै निवास कोटेश्वर पुगेर भेटवार्ता गरेका थिए । पार्टीलाई सशक्त रुपमा अघि बढाएर राष्ट्रिय राजनीतिमा प्रभावकारी भूमिका खेल्नका लागि अध्यक्ष ओलीले दुबै नेतासाग सहयोग मागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment