Comments Add Comment

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपतिसहित १६ विरुद्ध भ्रष्टाचारको मुद्दा

९ भदौ, काठमाडौं ।अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपतिसहित १६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

पूर्वाधार निर्माण, शिक्षक तथा कर्मचारी नियुक्ती, खरिद प्रक्रिया लगायतका कार्य गर्दा विश्वविद्यालयको सम्पत्ति (कोष) को रकममा आर्थिक अनियमितता गरेको भन्दै अख्तियारले आइतबार १४ जनालार्इ पक्राउ गरेको थियो भने दुर्इ जना फरार छन् ।

CIAAउपकुलपति प्रा.डा. पदमलाल देवकोटा, रजिष्ट्रार डा. ठकेन्द्र प्रकाश गिरी, सेवा आयोगका अध्यक्ष प्रा. डा. नवराज कँडेल, सेवा आयोगका सदस्य प्रा. डा. श्रीराम प्रसाद उपाध्याय, विज्ञान प्रविधि संकायका डीन तथा कार्यकारी परिषदका सदस्य डा. केशर सिं राना, मानविकी तथा सामाजिक संकायका डीन पिताम्बर ढकाल, व्यवस्थापन संकायका डीन डा. मस्तबहादुर गरन्जा, शिक्षा विज्ञान संकायका डीन लालमणि आचार्य र ईन्जिनियरिङ संकायका डीन प्रा. ई. रामचन्द्र अर्याल जनाविरुद्ध मुद्दा दायर भएको हो ।

यस्तै उपप्राध्यापक गणेशबहादुर रावत र सुधन गौली, लेखा नियन्त्रक कमल के. सी., अनुगमन अधिकृत पारसराम गिरी, सहायक प्रशासक जीवन कुमार थापा र गगन सिंह बोहरा, वरिष्ठ सहायक गणेशबहादुर केसीविरुद्ध पनि मुद्दा दायर भएको छ ।

अख्तियारले १ करोड ८९ लाख ८६ हजार ४८ रूपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम बिगो असूल उपर गर्न र बिगोको आधारमा सोही ऐनको दफा ३ (१) बमोजिम हदैसम्मको सजायको माग गरेको छ ।

साथै विशिष्ट श्रेणीका पदाधिकारीहरुको हकमा ऐनको दफा २४ बमोजिम थप सजाय माग गरिएको अख्तियारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment