Comments Add Comment

मंगलवारको दैनिक पत्रिकामा बिजनेश खबर

मंगलवार राजधानीबाट प्रकाशित हुने आर्थिक क्षेत्रका पत्रिकाहरुले राष्ट्र वैंकको वाषिर्क समीक्षा र समीक्षापछि नेप्सेमा गिरावटका खबरहरुलाई प्रमुख खबर बनाएका छन् ।

कारोबार दैनिकले ‘नेप्सेमा ३८ अंकको गिरावट’ राष्ट्र वैंकको निर्देशनले लगानीकर्ता आत्तिए शीर्षकको खबरलाई प्रमुख खबर बनाएको छ । राष्ट्र बैंकले सेयर धितो कर्ता -मार्जिन लेन्डिङ) मा सीमा निर्धारण गरेपछि सेयर बजारमा उच्च गिरावट आएको छ ।

यस्तै कर्जा तिर्ने क्षमता सुधि्रदा अनुदान रोकियो, नागरिक नपठाउँन दूतावासमै माओवादी मजदुरको चेतावनीपत्र, बिमा कम्पनीले पूर्वाधारमा लगानी गर्न पाउने, ब्यक्तिगत जमानी कर्जामा थप जोखिम ब्यवस्था गर्न नपर्ने लगायतका खबर कारोबार दैनिकमा छ ।

अन्नपूर्ण पोष्टले ‘निजी क्षेत्रमा तलब वृद्धि न्यून’ शीर्षकको खबरलाई नै मुख्य खबर बनाएको छ । निजी क्षेत्रमा काम गर्ने कर्मचारी र कामदारको तलब अत्यन्त निराशाजनक रहेको देखिएको छ । राष्ट्र बैंकको तथ्याङक अनुसार मजदुरको ज्याला बढ्दा पनि निजी क्षेत्रमा काम गर्ने कर्मचारी र कामदारको तलब भने बिगत दुई वर्षदेखि बढेको छैन ।

यस्तै, नेपाल-भारत ऊर्जा ब्यापार सम्झौता निर्धारित समयमा नहुने सम्भावना, राष्ट्र बैंकको निर्देशनको गलत ब्याख्याले सेयर भाउ घट्यो, पानी विक्रीमा कार्टेलिङको मुख्य योजनाकार एम इन्टरनेसनलका सञ्चालक पक्राउ लगायतका खबर अन्नपूर्ण पोष्टमा छ ।

नागरिक दैनिकले ‘भ्याट छुटमा प्राविधिक टोलबीच विवाद’ शीर्षकको खबरलाई मुख्य खबर बनाएको छ । नौ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत आयोजनाको पीडीए बारे सुझाव दिन सरकारले गठन गरेको प्राविधिक टोलीका सदस्यबीच भ्याट छुट दिने विषयमा विवाद भएको छ ।
यस्तै, अधिकांश ट्याक्सी उपभोक्ता ठग्छन्, इलाममा अर्गानिक चियाको दोब्बर मूल्य, म्याग्दीका गाविस सचिव बिमा कम्पनीको एजेन्ट लगायतको खबर नागरिक दैनिकमा छ ।

आर्थिक दैनिकले ‘सुपारी तस्करीमा उद्योग वाणिज्य महासंघ संलग्न’ शीर्षकको खबरलाई मुख्य खबर बनाएको छ । नेपाल उद्योग वाणिज्य महासंघ पूर्वी नेपालको झापा र मोरङ् लगायतबाट निर्यात हुने सुुपारी तस्करीमा संलग्न भएको आरोप सुपारी उत्पादक किसानले लगाएका हुन् ।

नेपालले पठाएको अर्को पीटीए प्रस्तावमा पनि भारतले प्रतिक्रिया जनाएन, निक्षेप दुई सय १८ अर्ब ६८ करोडले वृृद्धि, सहकारी संघमा वर्षौंदेखि लाखौं रकम बेरुजु, ओरालो लाग्दै वैदेसिक ब्यापार, नेप्से घट्यो लगायतका खबर आर्थिक दैनिकले छापेको छ ।

1-karobar

2-aarthik

3-nagarik

4-aanpurna

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment