Comments Add Comment

सवारी दुर्घटनामा परी २ को मृत्यु

१० भदौ, काठमाडौं । कञ्चनपुर र चितवनमा भएको सवारी दुर्घटना परी २ जनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको सामा दैजी नजिक नम्बर नखुलेको मोटरसाइकले ठक्कर दिँदा डडेलधुराकी एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी ४२ वर्षकी सन्तोला दमाइको उपचारका क्रममा गएराति निधन भएको प्रहरीले जनाएको छ ।

ठक्करदिने मोटरसाइकलको खोजी भइरहेको प्रहरीले जनाएको छ । दोषी पत्ता लगाउन माग गर्दै आफन्तले मृतको शव बुझेका छैनन् ।

ट्रकको ठक्करबाट मृत्यु

चितवनको भरतपुरमा ट्रकको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ ।

नारायणगढबाट चौबिसकोठी जाँदै गरेको ना ३ ख ४६७८ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको ना २९ प २२८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक चितवन जगतपुरका ५० वर्षका ठाकुर पुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

सोमबार भएको उक्त दुर्घटना पछि गम्भीर घाइते भएका पुरीको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्युभएको प्रहरीले जनाएको छ ।
ट्रक प्रहरी नियन्त्रणमा भएपनि चालक भने फरार रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment