Comments Add Comment

दैनिक सय रुपैयाँ भत्ता दिन वृद्धवृद्धाको माग

१० भदौ, झापा । झापाका ज्येष्ठ नागरिकहरुले दैनिक सय रुपैयाँ भक्ता दिन सरकारसँग माग गरेका छन् । अहिले सरकारले दिएको भत्ता नाम मात्रको रहेको भन्दै यसको वृद्धि गरी दैनिक सय रुपैयाँ बनाउन ज्येष्ठ नागरिकहरुले माग गरेका हुन् ।

झापाको ज्येष्ठ नागरिक संघले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउँदै भरणपोषण, यातायात, स्वास्थ्य, भ्रमण, मनोरञ्जन आदिमा पर्याप्त बजेट छुटयाउनुपर्ने माग गरेका हुन् ।

उनीहरुले परिचयपत्र पाउनुपर्ने, सवारीमा निःशुल्क आरक्षण सिट पाउनुपर्ने, निःशुल्क उपचार र औषधि पाउनुपर्ने, निःशुल्क भ्रमण र मनोरञ्जनको व्यवस्था हुनुपर्ने माग गरेका थिए ।

सरकारले ज्येष्ठ नागरिकलाई सम्मान गर्दै उनीहरुको माग सम्बोधन गर्नुपर्ने नाम मात्रको भक्तालाई वृद्धि गरेर सहयोग गर्नुपर्ने स्थानीय शान्ति समिति झापाका संयोजक सूर्यनारायण गणेशले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment