Comments Add Comment

महेन्द्रनगरमा सानिमा बैंकको शाखा

Sanima Bank१० साउन काठमडौं । सानिमा बैंकले कञ्चनपुरको महेन्द्रनगरमा २९ औं शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उदघाटन बैंकका ब्रान्ड एम्बेसडर कलाकारद्वय मदनकृष्ण श्रेष्ठ, हरिबंश आचार्य, बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले संयुक्तरुपमा गरे ।

सो अवसरमा प्रमुख कार्यकारी अधिकृत दाहालले बैंकले निकट भविष्यमै थप शाखा सञ्चालनमा ल्याउने तयारी गरिरहेको बताए ।

गत असार मसान्तसम्ममा बैंकको  खराब कर्जा ०.२ प्रतिशत, पुँजीकोष १२.५५ प्रतिशत, खुद तरलता २६.७१ प्रतिशत र कुल कर्जामा रियलस्टेट क्षेत्रतर्फ ४.५६ प्रतिशत कर्जा प्रवाह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment