Comments Add Comment

मलेसियाका अवैध नेपाली १३ सय रिंगेट तिरेर फर्किन पाउने

रामचन्द्र नेपाल

१० भदौ, क्वालालम्पुर । गैरकानूनी रुपमा मलेसियामा बस्दै आएका नेपालीलाई घर फर्काउने प्रक्रिया सुरु भएको छ ।

मलेसियास्थित कोपरासी इम्रिगेशनसँगको समन्वयमा नेपालीहरुलाई सहजरुपमा स्वदेश पठाउन थालिएको मलेसियास्थित नेपाली दूताबासले जनाएको छ ।

दूताबासले सार्वजनिक सूचना जारी गरी अवैध रुपमा रहेका र राहदानी नभएका नेपालीलाई दूताबासमा तुरुन्त सम्पर्क गरी यात्रा अनुमति पत्र ट्राभल डकुमेन्ट लिन अनुरोध गरेको छ ।

‘दूताबासले यात्रा अनुमतिपत्रको क्रम संख्याका आधारमा प्राथमिकता निर्धारण गर्ने र कोपरासीमार्फत अध्यागमनबाट एक्जिट पास प्राप्त गरेपछि तत्काल कोपरासीले हवाइ टिकट उपलब्ध गराई तुरुन्त नेपाल र्फकन सक्ने व्यवस्था गरिएको छ’ दूताबासद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

अवैध रुपमा मलेसियामा बस्दै आएका नेपालीहरु सन् २०१४ को डिसेम्बर ३१ सम्म नेपाल र्फकनु पर्नेछ । नेपाल र्फकन नाम दर्ताका समयमा नै हवाइ भाडा र अध्यागमन जरिवानासहित अधिकतम १३४० मलेसियन रिंगेट अर्थात झण्डै ४१ हजार नेपाली रुपैयाँ बुझाउनुपर्नेछ ।

Notice-for-nepali

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment