Comments Add Comment

राजेन्द्र महतोको पार्टीले भ्रष्टाचार विरोधी अभियान चलाउने

सलमान खान
१० भदौ, भैरहवा । रुपन्देहीको भैरहवास्थित सिद्धार्थनगर नगरपालिका भ्रष्टाचारको दलदलमा फसेको सदभावना पार्टी (राजेन्द्र महतो) का जिल्ला अध्यक्ष आन्नदप्रसाद गुप्ताले बताएका छन् । गुप्ताले भदौ १५ देखि भ्रष्टाचारविरोधी अभियान चलाउने बताएका छन् ।

मंगलबार भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरी अध्यक्ष गुप्ताले केन्द्रबाट सिद्धार्थनगर नगरपालिकाका लागि स्वीकृत भएको कुल बजेटमध्ये नगरपालिका कार्यालयमा ५० प्रतिश्त बजेटमा भ्रष्टाचार हुने गरेको दाबी गरे ।
‘सिद्धार्थनगर नपाको भेदभावपूर्ण कार्यको विरुद्ध हाम्रो अभियान’ समेत सुरु गरेका छौँ’ गुप्ताले भने-‘सडक छेउमा रहेका घरटहरा भत्काउँदा नगरपालिकाले भेदभाव गरेको छ ।’

आफु विकासविरोधी नभएको बताउँदै नगरपालिकाले सानालाई ऐन, र ठूलालाई चैन पुगेको अध्यक्ष गुप्ताले बताए । नगरपालिका गहनाका रुपमा रहेको गणतान्त्रिक सभागृहलाई पनि नगरपालिकाले राष्ट्र बैंकको कालो सूचीमा रहेको व्यक्तिलाई लिजमा दिएर गोदाममा परिणत गराएको बताउँदै गुप्ताले स्थानीय निकायको निर्वाचन नभए सम्म नपाका यस्ता गहनाहरुलाई लिजमा नदिन हुने बताए ।

अध्यक्ष गुप्ताले नगरपालिकाले कुल १३ वटा वडाको विकासका काममा गुणस्तरहीन सामाग्री प्रयोग गरिएको बताए । भ्रष्टाचारले गर्दा भित्री सडकमा अहिले हिँडडुल गर्ने वातावरण नभएको गुप्ताले बताए । उनले भने-‘जता हेर्यो त्यहीँ खाल्डाखुल्डी छन्, पानीको निकास छैन ।’

पशुपति लजका प्रोपाइटर दीपक अग्रवालले आफ्नोे मात्रै लज भइत्काएको तर छेऊछाउका घर टहराहरु भत्काउन आनाकानी गरिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment