Comments Add Comment

बर्दियामा बाबुद्वारा तीन वर्षीया छोरी बलात्कृत

आरपी सुवेदी

१० भदौ, नेपालगञ्ज । बर्दियामा तीन वर्षीया बालिका आफ्नै बाबुबाट बलात्कृत भएकी छन् । वालिकाको अस्पतालमा उपचार भइरहेको छ भने बाबु फरार छन् ।

Rape-Sketchधधवार-७ निवासी उपाध्याय थरका एक युवकले आफ्नै छोरीलाई बलात्कार गरेका हुन् । बालिकाको अवस्था गम्भीर छ । उनको भेरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

सोमबार राति बालिकाका आफ्नै बाबुबाट बलात्कृत भएको बुझिएको छ । पीडित बालिकाकी आमा वैदेशिक रोजगारीमा गएकी छन् ।

यो पनि पढ्नुस् : बलात्कारको बात लागेपछि ७३ वर्षे हजुरबाले विष पिए

बलात्कारपछि वालिकाको अत्यधीक रक्तश्राव भएको थियो । बालिकालाई उपचारका लागि मंगलबार बिहान अस्पतालमा ल्याएपछि बाबुको कुकृत्य खुलेको थियो ।

मंगलबार बिहान ११ बजे अस्पताल भर्ना भएकी बालिकाको यौनाङ्ग क्षतविक्षत अवस्थामा छ । खेल्दा चोट लागेको भन्दै पीडितका काकाले अस्पताल ल्याएका थिए । बिरामीकी कुरुवा साथी भएर आएकी अर्की बालिकाले घटनाका बारेमा बताएपछि बाबुको कृकृत्य खुलेको हो ।

बालिकाको अवस्था सुधारोन्मुख रहेको उपचारमा संलग्न डा. कल्पना थापाले जानकारी दिएको माइती नेपालका नेपालगञ्जका संयोजक केशव कोइरालाले जानकारी दिए । पीडित बालिकाको शल्यक्रिया गरिएको र अहिले रक्तश्राव रोकिएको अस्पताल स्रोतले जानकारी दियो ।

बालिकाको निःशुल्क उपचारको व्यवस्था मिलाएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पिताम्बर सुवेदीले जानकारी दिए ।

घटनामा संलग्न बाबुको खोजतलासका लागि प्रहरी परिचालन गरिएको प्रहरी प्रमुख एसपी शेखर कोइरालाले अनलाइनखबरलाई जानकारी दिए । बालिकालाई उपचारमा ल्याउने काकासँग प्रहरीले सोधपुछ गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment