Comments Add Comment

हराएका राहदानीको विवरण इन्टरपोलको वेबसाइटमा

१० भदौ, काठमाडौं । राहदानी विभागले हराएका राहदानीको विवरण अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन -इन्टरपोल)को वेबसाइटमा समावेश गरेको छ ।

हराएका भनिएका राहदानीको दुरुपयोग हुने तथा एकै व्यक्तिले विवरण पेश गर्दा झुक्याएर गलत मनसायका साथ फरक-फरक राहदानी लिनसक्ने सम्भावनालाई घटाउन इन्टरपोलको साइट चोरिएका तथा हराएका कागजात (स्टोलन एण्ड लस्ट ट्राभल डकुमेन्टस्)मा आज समावेश गरिएको विभागका महानिर्देशक रमेशप्रसाद खनालले जानकारी दिए ।

गलत मनसायले राहदानी बनाउने र उपयोग गर्नेलाई दुरुत्साहन गर्न हराएका राहदानीको विवरण नेपाल प्रहरीमार्फत इन्टरपोलको वेबसाइटमा राखिएको उनले बताए ।

महानिर्देशक खनालका अनुसार हराएका राहदानीको विवरण देशका सबै जिल्ला प्रशासन कार्यालय, विदेशस्थित नेपाली नियोग र उक्त विभागबाट द्रूत सेवामा सङ्कलित तथ्याङ्कका आधारमा नेपाल प्रहरीको इन्टरपोल शाखालाई साप्ताहिक रुपमासमेत उपलब्ध गराइनेछ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment