+
+
Shares

सुनकोशीमा सेनाले अस्थायी ट्राक खोल्यो

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ ११ गते १६:२०

११ भदौ, काठमाडौं । सुनकोशी नदी थुनिनेगरी सिन्धुपाल्चोकको जुरेमा पहिरोले अरनिको राजमार्ग पुरिएपछि नेपाली सेनाले बैकल्पिक अस्थायी मार्ग निर्माण गरेको छ ।

बुधबार ट्रयाक खोल्ने काम सम्पन्न भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

बैकल्पिक अस्थायी मार्ग निर्माणको क्रममा २.८ किलोमिटर नयाँ मार्ग निर्माण गरिएको छ भने बाह्रविसे इलाकाबाट पूर्व निर्मित ३.५ कि.मि. ट्रयाकको स्तरोन्नती गर्ने कार्य गरिएको छ ।

बैकल्पिक अस्थायी मार्गमा पर्ने टौथली र दादी खोलामा २ वटा कजवे निर्माण सुरु गरिएको सेनाले जनाएको छ ।

अस्थायी मार्ग निर्माणको नेपाली सेनाका बलाधिकृत रथी पवनबहादुर पाण्डे तथा विकास निर्माण तथा स्थपति महानिर्देशक उपरथी नरेश बस्न्यातले निरीक्षण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?