Comments Add Comment

अाफ्ना ट्वीटबारे अब सवै नालीबेली थाहा पाउन सकिने

Twitter-new-timelineआफ्ना ट्वीट ठ्याक्कै कति जनाले पढे होलान् ? कतिले मन पराए ? आफ्ना टि्वट लोकप्रिय बन्दैछन वा छैनन् ? टि्वटबाट कति मान्छे प्रभावित भए होलान् ? जान्ने उत्सुकता सबैको हुन्छ । अब यो उत्सुकता समेत मेटिने भएको छ ।
टि्वटरले आफ्ना प्रयोगकर्ताका लागि टि्वटर अकाउण्टका विभिन्न तथ्यांक थाहा पाउन सकिने एनालिटिक्स ड्यासबोर्ड सार्वजनिक गरेको छ ।
कसरी थाहा पाउने ?
तपाइँका टि्वटहरु कति जनाले पढे र मन पराए भन्ने कुरा थाहा पाउने विधि निकै सजिलो छ अब ।
टि्वटर अकाउण्ट लगइन गर्नुहोस् र http://analytics.twitter.com/  जानुहोस् ।
त्यसपछि देखिने ड्यासबोर्डमा तपाइँले आफ्ना पछिल्ला टि्वटहरुको अवस्था थाहा पाउनुहुन्छ ।
प्रयोगकर्ताको होम टाइमलाइन फिड निकै तिब्र गतिमा परिवर्तन भैरहेको र कुनै पनि टि्वटको खास आयु भनेकै केही मिनेट हुने भएकाले त्यसलाई अरु कुनैले रिटि्वट गरेनन् भने अरुले पढ्न पाउने सम्भावना कम हुन्छ । विज्ञहरु भन्छन्, कहिलेकाहीँ टि्वट गर्नु भनेको असीम गहिरो खाडल नाप्नुजस्तै हुन्छ अर्थात् अर्थहीन । तर, टि्वटरको एनालिटिक्सको माध्यमबाट अब तपाइँले त्यो गहिरो खाडलबाट रिटि्वट पाउनु भयो/भएन भन्ने कुरा जान्न सक्नुहुन्छ ।

टि्वटरले आफ्नो आधिकारिक पेजमा आफ्नो ड्यासबोर्डको बारेमा यसो भनेको छ :
·  यसबाट कतिजना मानिस खास समयमा तपाइँको टि्वटमा इन्गेज भए भन्ने देख्न सक्नुहुन्छ ।
·  आफ्नो टि्वटर एक्टिभिटीलाई मासिक रुपमा तुलना गरी टि्वटर ट्रेण्ड विश्लेषण गर्न सक्नुहुन्छ ।
·  कुनै निश्चित टि्वटमा क्लिक गरी त्यसको पूरै विवरण अर्थात, रिटि्वट, रिप्लाइ, फेभराइट, फलोज तथा क्लिकहरु संख्या पत्ता लगाउन सक्नुहुन्छ
·  साथै टि्वट डाटा डाउनलोड समेत गर्न सक्नुहुन्छ

यस्तो सेवा सुरुमा अंग्रेजी, फ्रेन्च, जापानी र स्पेनिस भाषामा टि्वट गर्नेका लागि मात्र उपलब्ध रहेको र त्यस्तो सेवा पाउन कम्तिमा अकाउण्ट खोलेको १४ दिन हुनैपर्ने टि्वटरले जनाएको छ । तर अब छिटै यो सेवा सबै भाषी प्रयोगकर्तामा पूराउने लक्ष्य टि्वटरको छ ।

थप जानकारीका लागि ट्वीटरको सपोर्ट पेजमा जानुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment