Comments Add Comment

कक्षा १२ को रिजल्ट आज सार्वजनिक हुने

१३ भदौ, काठमाडौं । गत बैशाखमा सम्पन्न भएको कक्षा १२ को परीक्षाफल शुक्रबार प्रकाशन हुने भएको छ । उच्च माध्यमिक शिक्षा परिषदले कक्षा १२ को विज्ञान विषयको परीक्षाफल प्रकाशन गर्न लागेको हो ।

नतिजा प्रकाशनको सम्पूर्ण तयारी पूरा भएको र बेलुका सम्ममा नतिजा सार्वजनिक गर्ने परिसदका सहसचिव नारायण कोइरालाले बताए ।
नतिजा प्रकाशनमा ढिलाइ भएको भन्दै विद्यार्थीहरुले विरोध गर्न थालेका छन् । उच्चमाध्यमिक शिक्षा परिषदले ढिलो नतिजा प्रकाशन गर्दा त्रिभुवन विश्वविद्यालयले सलिने प्रवेश परीक्षामा सहभागी हुन पाउने/नपाउने विषयमा विद्यार्थी अन्यौल भएका छन् भने विदेश गएर अध्ययन गर्ने योजना बनाएका विद्यार्थीलाई मर्का परेको छ ।

त्रिविले लिने इन्जिनियरिङ तर्फको प्रवेश परीक्षा भइसकेको छ भने मेडिकलतर्फको प्रवेश परीक्षाका लागि आइतबारको समय तोकिएको छ ।
विगतमा साउनसम्ममा परीक्षाको नतिजा सार्वजनिक हुने गरेको थियो । यो वर्ष कक्षा १२ को परीक्षा दिने विद्यार्थीको संख्या तीन लाखभन्दा बढी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment