Comments Add Comment

कलाकारलाई ‘क’ र ‘ख’ वर्गमा छुट्याउने सरकारी तयारी

minendra-with-kalakar

१३, भदौ, काठमाडौ । सरकारले नेपाली कलाकारहरुको श्रेणी विभाजन गरी सोहीअनुसार सेवा सुविधा दिने तयारी थालेको छ । राज्यले कलाकर्मीलाई बेवास्ता गरेको गुनासो आइरहेका बेला सरकारले कलाकारको ग्रेडिङ गर्ने तयारी थालेको हो ।

सूचना तथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले बिहीवार कलाकर्मीसँगको भेटमा सरकारले श्रेणी विभाजनको तयारी थालेको जानकारी दिएका हुन् ।
पार्टीनिकट कलाकर्मीहरुसँगको भेटमा मन्त्री रिजालले कलाकारलाई क र ख गरी दुई वर्गमा विभाजन गरिने र क वर्गमा पर्ने कलाकारको पुस्तकमार्फत् जीवनी छाप्ने तयारी भइरहेको जानकारी दिए ।

ग्रेडिङ कार्यलाई व्यवस्थित बनाउन भन्दै सञ्चार मन्त्रालयका सह-सचिव कविराज खनालको संयोजकत्वमा कार्यदल बनाएर काम गर्ने मन्त्री रिजालले जानकारी दिए । मन्त्रीलाई भेट्न पुगेका निर्माता राजकुमार राई, सुनिलकुमार थापा, बाबुराम दाहाल, कलाकार करिश्मा मानन्धर, शिव श्रेष्ठ, आकाश अधिकारी, र प्रकाश सुवेदीले ग्रेडिङ गर्नुपर्ने माग गरेपछि मन्त्रीले तयारी भइरहेको जानकारी दिएका हुन् ।

kalakar

कलाकार संघले बहिस्कार गर्ने

सञ्चारमन्त्री र कांग्रेसनिकट कलाकारवीच सहमति भएलगत्तै कलाकार संघले राजनीतिक आस्थाका आधारमा त्यसरी गरिने ग्रेडिङ बहिस्कार गर्ने घोषणा गरेको छ ।

‘हचुवाको आधारमा गरिन लागेको ग्रेडिङ कार्य हाम्रा लागि मान्य छैन हाम्रो उपस्थितिविना काम सम्पन्न गरेर देखाउन म सञ्चारमन्त्री र सञ्चारमन्त्रीको दैलो कुर्ने कलाकर्मीलाई चुनौती दिन्छु ।’ कलाकार संघका अध्यक्ष नवल खड्काले भने ।

ग्रेडिङको विषयमा कलाकारले चासो राख्दै आएको बताउने अध्यक्ष खड्का कलाकारको ग्रेडिङ निर्माताहरुको चासोको विषय नभएको बताउँछन् । ‘यदि साँच्चै निर्माताले नेपाली कलाकारको हित चाहन्छ भने बक्स अफिस स्थापना गरेर देखाओस् ।’ उनले भने ।

सरकारले गर्न लागेको यस्तो निर्णयबाट कला क्षेत्रमा भाइरस परेको खड्काले बताएका छन् । (कला क्षेत्रमा भाइरस पस्यो-नवल खड्का)

राजनीतिक आधारमा गर्न लागिएको हैनः अधिकारी
निर्देशक आकाश अधिकारीले राजनीतिक आस्थाका आधारमा नभएर समग्र कलाकर्मीको सम्मानका लागि ग्रेडिङको कुरो उठाएको बताए । ‘ग्रेडिङले सिंगो कलाकर्मीको सम्मान गर्छ ।’ उनले भने । सञ्चारमन्त्रीले कलाकर्मीको सरकारीस्तरवाटै पुस्तक निकाल्ने आश्वासन पनि दिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment