+
+
Shares

अख्तियारद्वारा त्रिविमा फेरि छापा, कागजपत्र जफत

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ १३ गते १७:४७

१३ भदौ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय अन्तर्गतका बिभिन्न बिभागमा छापा मारेर लेखासँग सम्बन्धित सबै कागजात नियन्त्रणमा लिएको छ ।

फाइल फोटो
फाइल फोटो

अख्तियारबाट खटिएको टोलीले परीक्षा नियन्त्रण कार्यालय, दोस्रो उच्च शिक्षा परियोजना र केन्द्रीय व्यवस्थापन संकायका लेखा सम्बन्धित कागजात जफत गरेको हो ।

ती शाखा र बिभागका एक गाडी कागजात नियन्त्रणमा लिएर अख्तियारले अनुसन्धान थालेको अख्तियार प्रमुख लोकमानसिंह कार्कीका प्रेस सल्लाहकार ओमबन्धु कार्कीले जानकारी दिए ।

ती शाखामा ब्यापक आर्थिक अनियमितता भएको उजुरीपछि छापा मारिएको हो । यसअघि अख्तियारले त्रिवीका १३ बिभाग, उच्च माध्यमिक शिक्षा परिषद र सीटीइभीटीमा छापा मारी कागजपत्र नियन्त्रणमा लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?