Comments Add Comment

चिउरी खेती गर्न थाले राउटेहरु

१५ भदौ, डडेलधुरा । डडेलधुराको आम्पानीका राउटेले व्यावसायिक रुपमा चिउरी खेती सुरु गरेका छन् ।raute

काठका भाँडाकुँडा बनाउने पुख्र्यौली पेसाबाट जीवन धान्न मुस्किल भएपछि राउटेले जीविकाको विकल्प रोजेका हुन् । जिल्ला वन कार्यालयले बिरुवा उपलब्ध गराएपछि जोगबुढा-१ आम्पानीका ७० परिवार राउटेले चिउरीलाई नै दीर्घकालीन आम्दानीको स्रेात बनाउन थालेका छन् ।

नेपाल सरकारको राउटे आवास कार्यक्रमअन्तर्गत एक वर्षअगाडि पक्की घर बनाएर स्थायी रुपमा बसेका राउटेले जीविकोपार्जनको समस्या हुन थालेपछि आम्दानीको स्रोत पनि स्थायी रुपमा खोज्न थालेका हुन् । डङसेरा सामुदायिक वनको छ हेक्टर क्षेत्रफलमा चिउरी रोपेका राउटेले व्यावसायिक रुपमा मौरीपालन गर्ने उद्देश्यसमेत राखेका छन् ।

नेपाल सरकारले ३५ वर्षअगाडि उपलब्ध गराएको उक्त जमिनमा राउटेले चिउरीबाहेक पशुपालनका लागि लिप्टिस, कुरिलो लगायतका घाँस पनि रोपेका छन् । डडेलधुराको जोगबुढा गाविसको आम्पानी र शीर्ष गाविसको रज्यौडामा राउटे समुदायको बसोबास छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment